• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ईदमा कश्मीरमा सुरक्षा व्यवस्था झन् कडा, ठूला मस्जिद बन्द

ईद पर्वको पूर्व सन्ध्यादेखि नै कश्मीरका सबैजसो मस्जिदहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय अधिकारीहरूले बताएका छन् ।

हिमाली क्षेत्रमा रहेका ठूला जामा मस्जिदहरुलाई बन्द गर्ने आदेश दिइएको छ । स–साना मस्जिदहरु मात्र खुल्ला राखिएको र ती मस्जिदमा ठूलो भिडभाड नभएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

गएको दुई दिनयता यहाँ कर्फ्यू खुकुलो पारिएको बताइएको थियो । तर यस पर्वका अवसरमा हुनसक्ने हिंसालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ ।

जम्मू-कश्मीरलाई नियन्त्रण लगाई केन्द्र सरकारको मातहतमा राख्ने कदमको विरोध भएका कारण कश्मीरमा आठ दिनदेखि सुरक्षा व्यवस्था कडा गरिएको समाचारमा जनाइएको छ ।

मुसलमानको बाहुल्य भएको जम्मू-कश्मीर क्षेत्रमा खटाइएका दशौँ हजार सुरक्षाकर्मीहरू गस्तीमा रहेका र फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ ।

गएकाे बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरका नागरिकलाई इद  पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए । जम्मू कश्मीरलाई विशेष महत्व दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपछि कश्मीरमा विरोध हुँदै आएको छ । भारत सरकारको यो कदमपछि विश्वको आँखा भारत प्रशासित कश्मीरको पछिल्लाे अवस्थाप्रति केन्द्रित रहेको छ ।

मुसलमान समूदायको ठूलो पर्व ईदको लागि भारतको नियन्त्रणमा रहेको कश्मीर प्रशासनले आइतबार कतिपय इलाकामा कर्फ्यु खुकुलो पारेको थियो ।

कर्फ्यु खुकुलो पारेपछि सडकमा केही चहलपहल देखिएको सोमबारको ईदको किनमेल गर्न सबै जना बाहिर निस्किएका थिए । त्यस प्रयोजनका लागि सवारी साधन पनि केही खुकुलो पारिएको थियो ।

आइतबार दिउँसोको १२ बजेसम्म सडकमा नागरिक र सवारी साधनको आवतजावत बढेको कश्मीरबाट प्राप्त भएका समाचारमा जनाइएको थियो । आइतबार कतिपय स्थानमा ट्राफिक जाम पनि भएको बताइएको थियो ।

तर १२ बजेपछि अचानक सुरक्षा व्यवस्थामा कडा गरिएको र मानिसको चहलपहल स्वात्तै घटेको थियो । त्यहाँ अहिले पनि सञ्चार तथा सूचनाका साधनहरु पनि प्राय बन्द छन् ।

निरन्तरको कर्फ्यु र सञ्चारको अभावमा त्यहाँको अवस्था के कस्तो छ भन्ने बारेमा केही सूचना प्राप्त हुन नसकेको स्थानीयको भनाइ छ ।

सोमबार, साउन २७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा अनलाइनमार्फत अवैध मुद्रा कारोबार गर्ने दुई भारतिय सहित ९ जना नियन्त्रणमा
सुदुरपश्चिम सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबुल
चीनको ताक्लाकोट जोड्ने तिङ्कर नाका खुल्यो

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.