• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चोर्न पसेको घरभित्र दारु भेटेर झ्याप भएपछि ……….

बुटवल । ‘हामी आठ जनाको टोली रडले ढोका फोडेर मेघेदाईको घरमा चोर्न पसको हौँ, दराज–सराज फोरफार पछि म पिउन थाले । त्यहीँ निदाएछु । विहान निद्राले छाडेर हेर्दा साथीहरु हिँडेछन्,’ बुधवार गुल्मीको धुर्कोटवस्तु प्रहरी चौकीद्वारा गत राती भएको चोरी काण्डमा पक्राउ परेका एक युवाले प्रहरीलाइ यस्तो बयान दिँदै थिए ।
ती युवा थिए, आशिष बिसी ।

चोरी गर्न पसेको घर ‘मेघेदाई’ अर्थात् धुर्कोट गाउँपालिका वडा नम्वर–६ बेलटारीका युवा व्यवसायी मेघनाथ अर्यालको हो । बुटवलमा व्यवसाय गरे पनि गाउँमा साढे दुई तले पक्की घर बनाएर राखेका थिए । उनी कहिले बुटवल त कहिले गुल्मीको घर आवतजावत गर्थे ।

प्रहरी चौकीका प्रमुख असई लोकमान ताम्राकार भन्छन्, ‘चोरीको मुख्य योजनाकार आशिष नै रहेको पाइयो । तर, अरु साथीहरु चोरी गरेर भागेछन् उ चाँहि मस्त खाइ पिइ गरेर त्यही घरकै कोठामा सुतेछ ।’

यता, आशिष भन्छन् ‘तल छल्दीको पुल नजिकै एउटा होटलमा लोकल रक्सी एक बोत्तल, एक प्लेट माछा र जुस पिएका थियौँ । पछि तम्घासबाट केटाहरु आएपछि फलामको रड लिएर घरमा चोरी गर्न पसेका हौं । म त्यही कोठा मै निदाएछु, विहान उठेर साथीहरु कता गए भन्दै खोज्दै जाने क्रममा छतमा पुगेछु । बाहिरबाट मान्छेले देखेपछि ढोकामा चुक्कल लगाएर भित्र लुकेर बसेको हुँ ।’

प्रहरीका अनुसार लोकल रक्सी खाइरहेको मान्छेले चोर्न पसेको घरको बैठक कोठामा ब्राण्डेड रक्सीका बोत्तल पाएपछि मख्ख परेका थिए । रक्सीको मातले आशिष त्यहीँ मस्त निदाउन पुग्छन् ।

‘विहान उसलाई छिमेकीले छतमा देखेपछि पचास साठी जनाको समुह हात –हातमा लाठी बोकेर घर घेरेका थिए । ऊ बाहिर निस्केको भए रामधुलाई गर्ने थिए,’ प्रहरी बताउँछ ।

प्रहरी नपुगेसम्म ढोका नखोली आशिष भित्रै बसेका थिए । असई ताम्राकार सुनाउँछन्, ‘मैले ढोकाको जाली तोडेरभित्र पस्दा ऊ बैठक रुमको टि–टेबुल मुनी लुकेर बसेको थियो । आफूलाई निकै पहुँचवाला भएको र ठूलै रकम दिन्छु बाटैमा छाडिदिनुस् समेत भन्दै थियो ।

करिव २० वर्षको उमेरका आशिषले आफ्नो घर गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर ३ भाडगाउँ बताएका छन् । उनी चौरासीको पुल निर्माणको काम गर्दै आएका थिए ।

उनले तम्घासबाट बोलाएको भनिएका ती सात जनाको घर ठेगना खुल्न सकेको छैन । आशिष बिसी भनिएका बिकलाई जिल्ला प्रहरी कार्यालय पठाउन लागिएको असई ताम्राकारले बताए ।

चार वटा मोटर साईकलमा आठ जना चोर्न पुगेको र ती अन्य सात जना गाँजाको कारोवार समेत गर्ने गरेको आशिषको भनाई थियो । धनमाल चोरीसाहित टन्न महँङ्गो रक्सी पिएपछि अरु सात जना विहान करिव चार बजेतिर भागेका थिए ।

धुर्कोट गाउँपालिका वडा नम्वर ६ का वडा सदस्य शालिकराम आर्यालले आफ्ना भाई मेघनाथको घरमा चोरी भएको बताउँदै अहिले आफु सोही घरमा रहेर चोरीको विवरण तयार गरिरहेको बताए । उनले करिव ८ देखि १० लाख रुपैयाँ बराबरको चोरी भएको सुनाए । घर चोरी भएको थाह पाउन साथ मेघनाथ अर्याल पनि बुटवलबाट गुल्मी आउँदै छन् ।

@ रातोपाटीबाट

बिहिबार, साउन २३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.