अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले पाकिस्तानको नाम नलिएरै भने, “हामी नियन्त्रण रेखामा सबै पक्षसँग शान्ति र स्थिरता बनाइराख्न अपिल गर्दछौं । जम्मु कश्मीरबाट विशेष राज्यको दर्जा खोसिएपछिको सम्बन्धका बारेमा राखिएको जिज्ञासामा उनले भनेका छन्, “हामी जम्मु कश्मीरका घटनाहरुलाई नजिकबाट नियाली रहेका छौं । हामी जम्मु कश्मीरलाई संवैधानिक दर्जामा परिवर्तन गर्ने भारतको घोषणा र राज्यलाई दुई केन्द्रशासित प्रदेशमा विभाजनको योजनाका बारेमा जानकार छौं ।”
विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले भारतले जम्मु कश्मीरमा चालेको कदमलाई ‘पूर्ण रुपले आन्तरिक मामिला’ भनेका छन् । यद्यपि उनले जम्मु कश्मीरमा मानवाधिकार उल्लंघनका घटनामा भने चिन्ता जनाए ।
एबीपी न्यूज
प्रतिकृया दिनुहोस