दक्षिण अफ्रिकाका क्रिकेटर डेल स्टेनले खेलबाट बिदा लिने निर्णय गरेका छन् । तिव्र गतिका बलर स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।
३६ वर्षिय स्टेनले २००४ मा इङ्ल्यान्डविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । उनले अन्तिमपल्ट फ्रेबुअरीमा श्रीलंकाविरुद्ध टेस्ट खेलेका थिए । आफ्नो टेस्ट करिअरमा उनले ९३ खेलमा ४ सय ३९ विकेट लिएका छन् ।
स्टेनले एकदिवसीय र टी–ट्वान्टी क्रिकेट भने खेल्नेछन् । इङ्ल्यान्डमा सम्पन्न १२ औं संस्करणको एकदिवसीय विश्वकप चोटका कारण गुमाएका उनले टेस्टबाट बिदा लिने निर्णय गरेका हुन् । टेस्ट नखेल्ने घोषणा गर्नु निकै दुखद् रहेपनि विदा हुनुपरेको उनको भनाइ छ ।