धनगढी, १५ साउन- नेपाल साँस्कृतिक कलाकर्मी संघ पुर्नवास नगर समिति गोमती बिष्टको अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको छ । संघको उपाध्यक्षमा शारदा चौधरी, महासचिवमा अनिता तामाङ, उपमहासचिव भिम नेपाली, कोषाध्यक्ष माया बिष्ट चयन हुनु भएको छ । सदस्यहरुमा चन्द्र सिंह ठकुरी, कलाचन्द्र राना, गोरख भट्ट र किरन रोकाय चयन हुनु भएको छ ।
नेपाल साँस्कृतिक कलाकर्मी संघ कञ्चनपुर जिल्ला उपाध्यक्ष भागरथी बिष्टको सभापतित्वमा भएको कार्यक्रममा संबिधान सभा सदस्य पुर्ब माननीय दिवान सिंह बिष्ट प्रमुख अतिथि रहनु भएको थियो भने नेपाल साँस्कृतिक कलाकर्मी संघका राष्ट्रिय उपाध्यक्ष सुरत रावत डोटेली कान्छा रहनु भएको थियो ।
कार्यक्रममा संबिधान सभाका सदस्य दिवान सिंह बिष्टले नेपाल सांस्कृतिक कलाकर्मी संघ पुर्नवास समितिका पदाधिकारीलाई बधाई दिदै बिष्टले पार्टी बलियो बनाउन लाग्न सबैलाई आग्रह गर्नु भएको थियो । पार्टी भन्दा भातृ तथा सुभेच्छुकका संस्थाका पदाधिकारीहरु कृयाशिल भएकोमा संघलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा नेपाल साँस्कृतिक कलाकर्मी संघका राष्ट्रिय उपाध्यक्ष सुरत रावत डोटेली कान्छा, नेपाली काँग्रेसका पुर्नवास नगर सभापति एमलाल पौडेल, नेपाली काँग्रेस पुर्नवास नगर प्रमुखका उम्मेदवार तोया शर्मा, नेपाल साँस्कृतिक संघ कञ्चनपुर जिल्ला अध्यक्ष शंकरदत्त जोशी लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो । मेनुका उप्रेतीले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रमको सञ्चालन मानबहादुर रोकायाले गर्नु भएको थियो ।
