धनगढी, ११ साउन/ धनगढी उप–महानगरपालिका वडा नम्वर ५ हसनपुरमा कपडा बैंक आजबाट सञ्चालनमा आएको छ । रोयल कोलाबोरेटिभ्स प्रालीले निसर्ग अस्पतालको सहयोगमा कपडा बैक सुरु गरेको हो ।
धनगढीका बिभिन्न स्थानसगै सुदुरपश्चिमका बिभिन्न जिल्लामा कपडा बैक सन्चालन गर्ने लक्ष्य रहेको रोयल कोलाबोरेटिभ्स प्रालीका अध्यक्ष जगेन्द्र शाहिले बताए ।
उनले धनगढीको निसर्ग अस्पताल अगाढी पहिलो बैक स्थापना गरेपनि केहिदीन भित्रै सेति अन्चलअस्पताल र एलएन चौक बिस्तार गरीने बताए ।
बैंकमा लगाउन मिल्ने पुराना कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका मानव जिवनमा प्रयोगमा आउने सामान संकलन हुने सस्थाका सदस्य देबेन्द्र जोशिले बताए ।
आफूले प्रयोग गर्न छाडेका कपडा गरिबसम्म र्पुयाउने माध्यम स्वरुप सुरु गरिएको हो ।
विदेशमा यस्ता कपडा बैंक प्रचलनमा रहे पनि नेपालका लागि भने यो नौलो हो ।



