कैलाली ८ साउन/प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्र्तगत सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) सञ्चालन गर्ने निती अनुरुप छनौट्मा परेका देशभरका सामुदायिक बिद्यालयहरुको नतिजा सार्वजनिक गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद सानोठिमी, भक्तपुरले डिप्लोमा तथा टि.एस.एल.सि. तहको कार्यक्रमहरु सञ्चालनका लागी छनौटमा परेका देशभरका दूई सय १८ सामुदायिक विद्यालयहरुलाई आवश्यक पुर्वाधार तयार गर्नेको लागी सुचना जारी गरेको छ ।
सामुदायिक विद्यालयमा आफ्नै निजी स्रोतबाट प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्न स्थानीय तहको सिफारिसका साथ प्रस्तावना पेस गर्न सुचना जारि गरेको थियो । सोही अनुसार प्रस्तावना पेस गरेका सामुदायिक विद्यालयहरुलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले १५ दिनभित्र आवश्यक पुर्वाधार तयार गर्न बुधबार सुचना जारि गरेको हो ।
जसमध्ये सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ५६ सामुदायिक बिद्यालय छनौटमा परेका छन् । बैतडी, दार्चुला र बझाङमा ४÷४÷४, कैलालीमा १४, कञ्चनपुरमा १५, अछाममा ९, डोटीमा ५, बाजुरामा १ सामुदायिक बिद्यालयहरु छनौटमा परेका हुन ।
यस्तै बझाङको दुर्गाथली गाउँपालीकाको दुर्गा माध्यामीक बिद्यालयमा आईटी बिषय र बित्थडचिर गाउँपालीकाको देवेश्वरी मा. वि. मा १८ महिने कृषी बिषय पढाई हुने भएको छ ।