धनगढी, ४ असार – अवैध भारतीय रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ बाट भारतको लखिमपुर खिरी बस्ने श्रवण कुमार सिंह र सोही ठाउँका गुरुजित सिंहलाई पक्राउ गरेको हो ।
अवैध भारतीय रुपैयाँको कारोबार गरी रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनीहरूलाई पक्राउ गरेको हो ।
खान तलासी गर्दा १०० दरका एउटै नोट नम्बर भएका चालिस हजार नौ सय बरामद गरी थप अनुसन्धान भई रहेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।