• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

लोकसेवा विरुद्ध आन्दोलन

धनगढी । लोकसेवा आयोगले अघि बढाएको कर्मचारी भर्ना सम्बन्धी प्रक्रिया संविधानको मर्म विपरित भएको आरोप लगाउदै सुदूरपश्चिम प्रदेशमा आदिवासी, जनजाति र दलित समुदाय आन्दोलनमा उत्रिएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार धनगढीमा आयोजना गरेको एक कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष दलबहादुर घर्तिमगरको संयोजकत्वमा ५१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । महासंघका प्रदेश अध्यक्ष घर्तिमगरले लोकसेवा आयोगको कर्मचारी भर्नासम्बन्धी कार्यका विरुद्ध देशभरी आन्दोलन अघि बढेको बताए ।
संघर्ष समितिमा थारु कल्याणकारिणी सभा कैलालीका कार्यबाहक सभापति माधव चौधरी, दलित अधिकार मञ्चका निर्देशक सावित्रा घिमिरे, गैसस महासंघ कैलालीका अध्यक्ष हेमकर्ण बिक, नेफिन कञ्चनपुर अध्यक्ष प्रेमवती राना, कमैया प्रथा उन्मुलन समाजका अध्यक्ष बसन्ती चौधरी लगायत सदस्य रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेश सांसद कृष्णबहादुर चौधरीले राज्य जहिले पनि जनजाति, दलित, मधेशी, मुस्लिम लगायतका सिमान्तकृत समुदायप्रति उदासिन रहेको आरोप लगाए । सांसद चौधरीले सबै उत्पीडित वर्ग तथा समुदाय एकजुट हुदै सरकारको असमावेशी चरित्र विरुद्ध आन्दोलन गर्न आह्वान गरे ।
राजपाका अर्का प्रदेश सांसद मालामति रानाले संविधानको मर्म र भावना विपरित कार्य गर्ने सरकार र लोकसेवा आयोग विरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिइन् ।
कार्यक्रममा दलित अधिकार मञ्चका निर्देशक घिमिरे, गैसस महासंघ कैलाली अध्यक्ष बिक लगायतले लोकसेवा आयोगले संविधानको मर्म र व्यवस्था अनुसार समावेशीता अपनाउनु पर्ने बताए ।
लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत रहेको भन्दै परेका रिटमा सर्वोच्च अदालतले यसअघि नै लोकसेवाको पक्षमा अन्तरिम आदेश दिइसकेको छ । संसदको राज्य व्यवस्था समितिले असमावेशी भएको भन्दै समावेशी सिद्धान्तका आधारमा विज्ञापन गर्न निर्देशन दिएको थियो । तर, सरकारले त्यसलाई अस्वीकार गरेको छ ।

बुधबार, साउन ०१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.