कंचनपुर- मार्सलआर्ट तर्फको चर्चित खेल तेक्वान्दोको कालो पेटी तेस्रो डानको ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ। कंचनपुरको सदरमुकाम महेन्द्रनगर स्थित कभर्डहलमा नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार सुदुरपश्चिम प्रदेशको तेस्रो डानको ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको हो ।
सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघको आयोजनामा भएको कालो पेटी तेस्रो डानको ग्रेडीङ्गमा सुदुरपश्चिमका ६ जना महिला र पुरुष खेलाडीहरुको सहभागी रहेको थियोे । ३ दिन सम्म चलेको कालो पेटी तेस्रो डानको ग्रेडिङ्ग कार्यक्रममा ५ पुरुष र १ महिलाको सहभागी रहेको थियोे ।
पुरुष तर्फ श्रीराम लामा, सुमन सैजु, सागर बहादुर शाही, भोजराज जोशी र राम सिह डगौरा रहेका थिए । त्यस्तै महिला तर्फ एकमात्र प्रतिनिधित्व गर्दै कोपिला बोहराले ग्रेडीङ्गमा सहभागीता जनाएकी थिइन् । कालो पेटी तेस्रो डानका खेलाडीहरुलाई कंचनपुरका मोहन प्रताप गुरुङ, कैलालीका शेर बहादुर सिह र कंचनपुरकै हेम बहादुर बस्नेतले तेक्वान्दो खेलका विभिन्न कलाकौशलहरुको प्रशिक्षण गराएका थियोे ।