• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘प्रेमगीत ३’ मा ‘प्रेम’ को भूमिकामा अनुभव

फ्लोरमा ननिस्किँदै फिल्म ‘प्रेमगीत ३’ को चर्चा हेर्दा यस्तो लाग्छ, यसले बक्सअफिसमा आँधी ल्याउँदैछ । दर्शकमा यतिबेला कुनै फिल्मको सर्वाधिक चासो छ भने त्यो यही फिल्म हो । एकपछि अर्को भित्रिएका नयाँ तथा पुराना कलाकारका कारण यो फिल्म छायांकन अगावै बहुप्रतिक्षीत बनेको छ । चैत २८ मा फिल्म रिलिज हुने तय भइसकेको छ । दशैंपछि छायांकन सुरु हुँदैछ ।
‘प्रेमगीत’ को दुई सिरिजबाट आफूलाई ‘स्टार’ साबित गरेका अभिनेता प्रदीप खड्का ‘प्रेमगीत ३’ मा यथावत छन् । उनको बालापन अर्थात् ‘प्रेम’ को भूमिका भने बाल कलाकार अनुभव रेग्मीले निभाउने भएका छन् । उनीसँग मंगलबार साँझ निर्माण टिमले आधिकारिक रुपमा कागजी सम्झौता गरेको छ । अनुभव सुहाउने भएकै कारण फिल्ममा अनुबन्ध गरेको निर्माता सन्तोष सेनले बताए ।
उनी भन्छन्, ‘प्रेम (प्रदीप खड्का) सानो हुँदाको रोलमा अनुभव अत्यन्त फिट लाग्यो र हामीले उनीसँग सम्झौता गरेका छौँ ।’ ‘प्रेमगीत ३’ मा अनुबन्ध भएपछि अनुभवले ‘प्रेम’ को भूमिका निभाउन आफू उत्साहित रहेको बताए । उनी ‘प्रेमगीत’ फ्रेन्चाइजमा आबद्ध हुनु आफ्नो लागि ठूलो उपलब्धि मान्छन् । अनुभव ‘नाईं नभन्नू ल’ सिरिजबाट उदाएका एक ‘स्टार’ बाल कलाकार हुन् ।
‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । छेतेन र मन्दिप गौतमले फिल्मको कथा तयार पारेका छन् । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली फिल्म क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ । फिल्ममा शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

बुधबार, असार ११, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.