विकासे अड्डामा बजेट सक्ने चटारो छ। झरीकाबीच पनि सडक, ढल निर्माण र मर्मतलगायत अन्य विकास निर्माणका काम धमाधम भइरहेको छ। ग्रामीण क्षेत्रमा डोजर र स्काभेटरले सडक खन्न थालेका छन् भने मोरङ, सुनसरी, झापाका शहरी क्षेत्रमा भत्किएका र कच्ची सडक कालोपत्रे गर्न थालिएको छ। यो समयमा हुने कामको गुणस्तर कमजोर र भ्रष्टाचार पनि हुने भएकाले यस्ता कामप्रति सर्वत्र विरोध हुने गरेको छ।
उदयपुरमा ठेकेदार तथा उपभोक्ता समिति झरीको प्रवाह नगरी निर्माण कार्यमा जुटेको छ। १०/११ महिना काममा चासो नदिएका ठेकदेदार तथा उपभोक्ता समिति अहिले साँझ विहान नभनी काममा लागेका छन्। जिल्लाका ८ स्थानीय तहमध्ये सबभन्दा पुरानो र ठुलो त्रियुगा नगरपालिकाले असारको पहिलो सातासम्ममा ७० प्रतिशत योजनाका काम सम्पन्न भई भुक्तानी गरिसकेको सूचना अधिकारी विश्वजित राईले जानकारी दिए। यो समाचार आजको अन्नपुर्ण पोष्ट् दैनिकमा लेखेको छ ।