कञ्चनपुर,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा घट्दै गएका छन् । अघिल्लो पाँच बर्ष अघि गणना गरिएको तुलनामा बाह्रसिङ्गाको संख्या घट्दै गएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार सन २०१४ भन्दा २०१९ मा ५५ बाह्रसिङ्गा कम भएका छन् ।
सन ०१४ मा तेईस सय १ थिए, भने हाल २ हजार २४६ मात्रै बाह्रसिङ्गा रहेका छन् । अहिलेको गणना अनुसार ३ सय ८३ भाले, १२ सय ८ पोथि वयस्क, १३९ थाले, ३१५ पोथी अर्ध वयस्क र २ सय १ पाठापाठी रहेका छन् । अघिल्ला बर्षमा गरिएको गणना अनुसार बढ्दै गएकोमा अहिले आएर घटेको छ ।
विश्वकै बाहसिङ्गा झुण्डको रुपमा रहेको शुक्लाफाँटाको घाँसै मैदानमा बाहसिङ्गाको संख्यामा कमि आएपछि संरक्षणका कमि भएको हो, वा कसैले मारेर खाईदियो भन्नेमा चिन्ता व्यक्त गरिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रशाद पौडेलले वातावरणीय प्रभावका कारण घटेको बताए । उनका अनुसार जलवायुका कारण कहिले घट्ने कहिले बढ्छन् । तर, निकुञ्ज भित्र बाहसिङ्गाका लागि चाहिने प्रसस्त आहारा, बस्ने बासस्थानका कमि नभएको दावि गरे ।
शुक्लाफाँटामा सन २००७ देखि बाहसिङ्गाको गणना शुरु गरिएको थियो । सन ००७ मा एक हजार ६७४, ०१० मा एक हजार ७३७, ०११ मा एक हजार ७४३, ०१२ मा एक हजार ८२५, ०१३ मा दुई हजार १७०, ०१४ मा दुई हजार २०१ र ०१९ मा दुई हजार २४६ बाहसिङ्गा रहेका छन् ।
यस्तै ८२निलगाई रहेका छन् । १६ भाले, ४० पोथि वयस्क, २ भाले, ७ पोथि अर्ध वयस्क र १७ बाछाबाच्छी गरि ८२ निलगाई रहेका छन् ।
