लोक देउवा
असार ८ लम्की ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड छनोट पतियोगिता आइतबार सम्पन्न भएको छ ।
असार ७ गतेदेखि सुरु भएको पतियोगिता आइतबार एक कार्यक्रमका विच सम्पन्न भएको हो ।
बर्दगोरिया गाउँपालिकाका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टको सभाअध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष भगवती डगौरा भारु रहनु भएको थियो । भने अतिथिमा वडा नम्बर ३ का वडा अध्यक्ष कर्णे सुनार, गाउँ कार्यपालिका सदस्य गोमा देबि बि.क., बसन्त मुरारी माध्यमिक बिधालयका प्रधानाध्यापक भुमिप्रकाश बंम, उदयसिंह बोहरा, चन्द्रिका जोशी लगायतकाले शुभकामना राखेका थिए ।
कार्यक्रमा बोल्दै प्रमुख अथिति भट्टले यो वर्ष छात्र, छात्रा बर्दगोरिया गाउँपालिका जाने बिद्यार्थीले १०० मिटर देखि १५०० सय मिटर दौड, रिले, हाईजम्प, लङजम्प, त्रिपलजम्प, भलिबल, सटफुट, कबडी लगाएतका खेलमा खेलाडीले भागलिएको बताउँदै यस क्षेत्रको खेलकुद विकासमा आफुले सक्दो प्रयास गर्ने बताउनु भयो । भुमिप्रकाश बंमले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन तारा प्रसाद जोशीले गर्नु भएको थियो ।
