• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पौने दुई अर्बको जग्गा किन्दै काठमाडौं प्रहरी

काठमाडौं, ८ असार । सरकारले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखालाई जग्गा खरिदका लागि करिब दुई अर्ब रुपैयाँ निकासा गरेको छ ।

केही दिनअघि मात्र सरकारले महानगरीय परिसरलाई एक अर्ब २० करोड र अपराध महाशाखालाई ६७ करोड ६७ लाख रुपैयाँ निकासा गरेको हो । परिसरले सर्वोच्च अदालत सामुन्ने भद्रकालीस्थित नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गा र महाशाखाले नेपाल आयल निगमको टेकुस्थित नौ रोपनी जग्गा खरिद गर्नेछ ।

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार खाद्य संस्थानको जग्गा आगामी साता काठमाडौं परिसरको नाममा पास हुनेछ । महाशाखाले भने आइतबार नै निगमको नाममा रहेको जग्गा आफ्नो नाममा पास गर्नेछ । ‘जग्गा खरिदका लागि रकम निकासा भइसकेको छ । खाद्य संस्थानको जग्गा खरिद गर्न लागेका छौँ । यही साताभित्र जग्गा हाम्रो नाममा आउनेछ,’ एसएसपी सुवेदीले भने ।

भूकम्पपछि हनुमानढोकाबाट काठमाडौं प्रहरी विस्थापित
१२ वैशाख ०७२ को भूकम्पपछि काठमाडौं परिसर र महाशाखा पूर्ण रूपमा विस्थापित भएका थिए । हनुमानढोकास्थित प्रहरी कार्यालय भूकम्पले ध्वस्त बनाएपछि दुवै कार्यालय टेकुस्थित नेसनल ट्रेडिङको भवन र खाली रहेको उसैको जग्गामा अस्थायी रूपमा बस्दै आएका थिए । दुवै कार्यालय अहिलेसम्म सोही स्थानमा छन् ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भूकम्पपछिको चार वर्ष अव्यवस्थित रहेको महाशाखा कार्यालय अत्याधुनिक बन्ने बाटो खुलेको बताए । ‘भूकम्पछि चार वर्ष महाशाखाको कार्यालय टहरोमै सञ्चालन भए । यस अवधिका समय निकै कष्टकर रहे । अब भने त्यो अवस्थाबाट मुक्ति मिल्ने भएको छ । जग्गा खरिदका लागि रकम निकासा भएको छ । जग्गा पास गरेलगत्तै अत्याधुनिक भवन निर्माणमा लाग्नेछौँ,’ उनले भने ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

आइतबार, असार ०८, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.