कैलालीको जोशीपुर गाउँपालीकामा प्रधानमन्त्री रोजगार कार्यक्रम आईतबार देखी सुरु भएको छ । गाउँपालिकाका ७ वटै वडामा एकसाथ पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको शुभारम्भ भएको छ ।
गाउपालिकाका सबै वडाहरुबाट गरिब, विपन्न, आयस्तर कमजोर भएका, दैनीक गुजारा गर्न समेत गर्न नसक्ने बेरोजगार युवालाई छनौट गरी कार्यक्रमको सुरुवात गरीएको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक शुशीला देउवाले जानकारी दिईन् ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी फोरम भरेका झण्डै चार हजार बेरोजगार मध्ये १६२ जना जनालाई रोजगारी प्रदान गर्ने लक्ष्यका साथ ३० दिने कार्यक्रमको आजबाट औपचारीक रुपमा सुरुवात भएको बताईन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रत्यक वडाका वडाअध्यक्षहरुले उद्घाटन गरेका छन् भने वडानम्बर ७ मा गाउँपालीका अध्यक्ष रामकृष्ण चौधरी उद्घाटन गरेका छन् ।


