जिर्ण भइसकाले मर्मतका लागि झोलुंगे पुल मर्मत सम्भारका लागि चार दिनका लागि बन्द हुन लागेको हो ।
नेपाल–भारत जोड्ने झोलुंगे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।
भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिए ।
नेपाल–भारत जोड्ने खलंगास्थितको झोलुंगे पुल जीर्ण बन्दै गएकाले मर्मतकार्य सञ्चालन भएको अवधिभर पुल बन्दको व्यवस्था मिलाइदिन उपखण्ड लोक निर्माण विभाग धारचुलाले अनुरोध गरेको छ ।
यसअघि पनि भारतीय पक्षले गत फागुन ९ गतेदेखि १३ गतेसम्म मर्मतकार्य गर्ने जनाए पनि अन्तमा भारतीय पक्षले मर्मतकार्य भने गरेको थिएन ।
विसं २०२८ तिर निर्माण गरिएको उक्त झोलुंगे पुलको प्लेट जीर्ण बन्दै गएकाले फेर्नेलगायतका मर्मतकार्य गरिने बताइएको छ ।