धनगढी २९ जेठ
सुदूरपश्चिमको राजधानी धनगढीमा अत्याधुनिक सुविधा सम्पन्न सिनामा हल निर्माण हुदैछ । आठ करोड लगानीमा धनगढीका युवा व्यबसायी राजकुमार श्रेष्ठले धनगढीको सन्तोषी टोलमा एसटिएस सिनेमा संचालनमा ल्याउन लागेका हुन् ।
नेपालमै पहिलो पटक धेरै लगानी सहित उच्च प्रबिधीको सिमानेमा घर तयार हुन लगिएको एसटिएस सिनेमाका म्यानेजर बब्लु अहमदले जानकारी दिए ।
एसटिएस सिनेमा भित्र ८५ टन एसी, फोर के सपोर्ट प्रोजेक्टर, डिजिटल साउण्ड सिस्टमको सुबिधा रहने अहमदले जानकारी दिए ।
पछिल्लो पटक नेपालमा क्युएफएक्स शैलीका सिमानेमा घर निर्माण भैरहेको एसटिएस सिनेमा घर एक महिनामा भित्र संचालनमा ल्याउने तयारी भैरहेको संकलकले जनाएका छन् ।
दर्शकको मागलाइ मध्यनजर गर्दै सिट भित्र सफासुग्घर चमेना गृह लगाएतका सेवा सुबिधा भएको एसटिएस सिनेमा घरमा सबै प्राबिधिक सामग्रीहरु उच्च स्तिरिय जडान गरिइको बताईएको छ । उक्त सिनेमा घरको टिक दर भने तिन सर र पाँच सय तोकिने भएको छ ।




