बझाङ, २९ जेठ – बझाङमा जीप दुर्घटना हुदा ३ जना घाइते भएका छन । बुङ्गल नगरपालिका वडा नं ९ बाट देउलीकोट स्वास्थ्य चौकीको सामान लगेरदेउलीकोट तर्फ जादै गरेको से १ ज ५९९ नम्बरको जीप दुर्घटना भएको हो ।
जीप दुर्घटनामा परी तीन जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा बुगल नगरपालिका वडा नम्बर ३ का जीप चालक लक्ष्मण धामी, कर्ण बहादुर धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा रहेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताए । घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।