कैलाली, २३ जेठ/कैलाली र कञ्चनपुरमा बिहिबार रातीको हावाहुरीबाट घाईतेहरुको उद्धारको लागी सुदूरपश्चिम प्रदेशका सामाजीक मन्त्री कृष्णराज सुवेदी मध्यराती खटिएका छन् ।
हावाहुरीका कारण ४० जना घाइते भएका छन् घाईतेहरुको कैलालीका विभिन्न अस्पताल लगाएत सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने २० जना उपचार गराएर घर फर्किएका छन् । धनगढीमा बिहीबार राति ८ बजेदेखि आधी घन्टा तीब्र हावाहुरी चलेको थियो।
धनगढी र अत्तरियाका विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका घाईतेहरुलाई सामाजिक मन्त्री सुवेदीले रातीनै सबै अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका छन् ।
रातीनै अत्तरिया को पद्ममा अस्पताल पुगेर उपचारमा कुनै किसिमको कमि हुन नदिन मन्त्री सुवेदीले निर्देशन समेत दिएका छन् ।
घाईतेमध्ये एकजनाको मृत्यू भएको छ। मुत्यू हुनेमा गोदावरी नगरपालिका मझगाउँका २६ वर्षीय वीरबहादुर चौधरी रहेको कैलालीका एसपी सुदीप गिरीले बताए।




