भिम चौधरी/ कैलाली, जेष्ठ २२/ आर्थिक स्थिती कमजोर भएका कैलाली र कञ्चनपुरका एक हजार बढी छात्राहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
कैलालीका ३३ र कञ्चनपुरका १३ गरी ४६ सामुदायिक विद्यालयका एक हजार तीन सय ६२ छात्राहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
युएसएआईडी (अमेरिकी जनताको) आर्थिक सहयोगमा रेष्ट काठमाण्डौ र महिला विकास समाज धनगढीको साझेदारीमा संचालित एसजिटी अन्तर्गतको बालिका शैक्षिक सहयोग कार्यक्रमको पहिलो चरणको कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
कैलाली–कञ्चनपुरका सामुदायिक विद्यालयमा अध्ययनरत मुक्त कमैया, मुक्त कमलहरी, दलित, टुहुरा र विपन्न वर्गका जोखिममा पर्ने बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
पहिलो चरणको शैक्षिक सामाग्रीका विवरण कार्यक्रम अन्तर्गत एक हजार तीन सय ६२ छात्राहरुलाई प्रति छात्रालाई कापी २२ वटा पिस, डट्पेन २०, इरेजर ५ वटा, ज्याम्ट्रिबक्स एक वटा, झोला एक, विद्यालय पोषक एक जोडा तथा पोशाक सिलाई खर्च पाँच सय रुपैया नद सहयोग गरिएको महिला विकास समाज धनगढीका अध्यक्ष शान्ति शर्माले बताउँनुभयो ।
बालिका शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत कैलालीको श्री धनगढी माध्यमिक विद्यालयका १९, श्री शारदा माध्यमिक विद्यालयका १५, श्री त्रिभुवन माध्यमिक विद्यालयका १३, श्री पञ्चोदय माध्यमि विद्यालयका २३, श्री बासुदेवी माध्यमिक विद्यालयका २४, श्री राष्ट्रिय आधारभूत विद्यालयका १७, श्री भैरव बाबा आवासिय विद्यालयका १७, श्री जनता आधारभूत विद्यालयका २८, श्री सरस्वती माध्यमिक विद्यालयका ६६, श्री भागेश्वर आधारभूत विद्यालयका २२, श्री ग्वालादेउ आधारभूत विद्यालयका २५, श्री दुर्गा भवानी माध्यमिक विद्यालयका ५५, श्री नव ज्योती आधारभूत विद्यालयका ३५, श्री सरस्वती आधारभूत विद्यालयका २०, श्री शैलेश्वरी माध्यमिक विद्यालयका एक सय १९, श्री मुक्तिनाथ आधारभूत विद्यालयका १७, श्री समैजी आधारभूत विद्यालयका २९, श्री ठेकराज माध्यमिक विद्यालयका ३३, श्री सरस्वती माध्यमिक विद्यालयका १८, श्री नवदुर्गा आधारभूत विद्यालयका २४, श्री शारदा माध्यमिक विद्यालयका १५, श्री सरस्वती माध्यमिक विद्यालयका ३८, श्री दुर्गा माध्यमिक विद्यालयका ३९, श्री कैलाश आधारभूत विद्यालयका २१, श्री श्रीराम आधारभूत विद्यालयका १९, श्री दुर्गा आधारभूत विद्यालयका १६, श्री नवज्योती आधारभूत विद्यालयका ३७, श्री सरस्वती आधारभूत विद्यालयका १७, श्री न्युकालीका आधारभूत विद्यालयका २१, श्री घण्टेश्वर माध्यमि विद्यालयका २४, समैजी माध्यमि विद्यालयका १८, सरस्वती माध्यमिक विद्यालयका ४७, भानु माध्यमिक विद्यालयका ४४ गरेर नौ सय ७७ जना छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
यस्तै, कञ्चनपुरको लक्ष्मी माध्यमिक विद्यालय, बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय, महाकाली जनसोवा माध्यमिक विद्यालय, जनउत्थान आवासिय विद्यालय, उदय माध्यमिक विद्यालय, बालकल्याण आवाससिय विद्यालय, समैजी माध्यमिक विद्यालय, जनजागृति आवासिय विद्यालय, सिद्धनाथ आवासिय विद्यालय, पूर्ण माध्यमिक विद्यालय, सरस्वति माध्यमिक विद्यालय र सिद्धनाथ माध्यमिक विद्यालय गरी १३ विद्यालयका तीन सय ८५ छात्राहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।
युएसएआईडी (अमेरिकी जनताको) आर्थिक सहयोगमा रेष्ट काठमाण्डौ र महिला विकास समाज धनगढीको साझेदारीमा संचालित एसजिटी अन्तर्गतको बालिका शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत कैलालीमा बि.स. २०५८ र कञ्चनपुरमा २०६८ सालदेखि छात्राहरुलाई निरन्तर रुपमा शैक्षिक सामाग्री सहयोग गरिदै आएको महिला विकास समाज धनगढीका अध्यक्ष शान्ति शर्माले बताउँनुभयो ।
फोटो क्याप्सन ः धनगढी उप–महानगरपालिका ६, मटियारीस्थित भैरब बाबा आधारभूत विद्यालयका छात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख नृपबहादुर वड ।

