रौतहट : रौतहटको राजपुर नगरपालिकाका मेयरमाथि एक युवकले आक्रमण गरेका छन् ।
इस्लाम धर्मावलम्बीको महान पर्व इद–उल–फित्र मनाउने क्रममा मस्जिदमा बसेका मेयर शेख सकिललाई मंलगबार राति स्थानीय युवक शेख कासिमले टर्च लाइटले प्रहार गरेर घाइते बनाएका थिए ।
पर्व मनाउन चन्दा मागेका युवकलाई दिएको रकम थोरै भएको भन्दै आफूमाथि आक्रमण गरेको मेयर सकिलले बताए प्रहरी सामु बताएका छन् । मेयर शेखको आँखामा चोट लागेको थियो । उनको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हातमा टर्च बोकेका कासिमले मेयरलाई टर्च प्रहार गरेर भागेका थिए । मेयरमाथि टर्च प्रहार गर्ने कासिम अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नबीन कार्कीका अनुसार मेयरमाथि आक्रमण गर्नेको खोजी भइरहेको बताए ।