धनगढी,१८ जेठ/ धनगढी बिमानस्थलको मर्मत कार्यको अवस्था बुझ्न शनिवार धनगढी उप–महानगरपालिकाका प्रमुख र कैलालीका प्रमुख जिल्ला अधिकारीले अनुगमन गरेका छन् ।
बिमानस्थल मर्मतको जिम्मा लिएका निर्माण ब्यावसायीले एक साताको थप समय माग गरेपछि धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा दोश्रो पटक निर्माण स्थलमा पुगेका हुन । बिमानस्थलमा दलदल भएका कारण स्टीमेट भन्दा बढी काम गर्नुपरेको र स्थानीयले प्लान्ट तथा ग्रभेल ढुवानीमा अवरोध पु¥याएका कारण निर्धारित समयमा काम पुरा गर्न नसकिने बताउदै आएको थियो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले निर्धारीत समय भित्र काम सम्पन्न गर्नका लागि स्थानीय सरकार र स्थानीय प्रशासनले गर्नुपर्ने सहजिकरणका सबै पुरा गरेको बताए । निर्धारीत समय भित्र गुणस्तरको काम भएको हुनुपर्छ भन्ने दवाब राम्रो हो नगरप्रमुख वडले भने, निर्धारित समयमा काम पुरा हुने संकेत छैन । निर्माण कम्पनी जेठ २८ गतेबाट जहाज संचालनमा आउने प्रतिवद्धता निर्माण कम्पनीले जनाएको नगरप्रमुख वडले बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मर्मतमा आस लाग्दो प्रगती देखिएको भएपनि निर्धारित समयमा काम पुरा हुने अवस्था नरहेको बताए । निर्माण कम्पनीले श्रोत साधन प्रयोग गरेर मर्मतलाई गती दिएको पाईयो निमित्त प्रमुख जिल्ला बोहराले भने, तर मर्मतमा केहि जटिलता आएकाले काम एक साता लम्बीने देखिएको छ ।
बैशाख २२ गते देखि धावनमार्ग मर्मत भैरहेको छ । यसको अवधी जेठ २१ गते सम्म रहेको थियो । अव एक साताको म्याद थप गरिएकाले जेठ २८ गते काम पुरा गर्नुपर्ने छ । अहिले निर्माण कम्पनीले सबैकाम पुरा गरेर धावनमार्ग कालोपत्रे गरिरहेको छ । धनगढी त्रिभुवन विमानस्थल पछिको ठुलो धावनमार्ग हो । अहिले धावन मार्ग मर्मत र पाकिङ्ग क्षेत्र विस्तार गरिने काम भैरहेको छ ।
अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग रहेकोमा धावनमार्ग स्तरबृद्धिसंगै दुवैतर्फ २÷२ मिटर फराकिलो बनाउने योजना समेत रहेको छ । यस्तै अहिले ३ वटा जहाज पाकिङ्ग व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तारको योजना छ । एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, लगायतका सेवा थप र विस्तारको योजना पनि छ ।