कैलाली १७ जेष्ठ/ बझाङको बित्थडचिर गाउँपालीका वडा नम्बर ७ का कृषक समुह हरुलाइ गाउँपालीकामै पहिलो पटक हाते ट्याक्टर वितरण गरीएको छ ।
शुक्रबार एक औपचारीक कार्यक्रम गरी पाचँ कृषक समुहलाई हाते ट्याक्टर र १८ दलीत परीवारलाई लुगा सिलाउने मेसीन् गाउँपालीका अध्यक्ष प्रेम बोहराले हस्तान्तरण गरेका छन् ।
वडामा रहेका मौभेरी कृषक समुह, देदार कृषक समुह, मिलीजुली कृषक समुह, सिगास र भुमीराज कृषक समुहलाई एकएक हाते ट्याक्टर वितरण गरीएको वडा अध्यक्ष प्रसाद बिष्टले जानकारी दिए ।
त्यस्तै वडाका रहेका गरीब विपन्न र लुगाकपडा सिलाएर जिवन निर्वाह गर्ने १८ दलित परीवारलाई एकएक लुगा सिलाउने मेसीने प्रदान गरएिको छ ।

गाउँपालीकाको झण्डै साढे सात लाख लागतमा ट्याक्टर र मेसीन खरीद गरी वितरण गरीएको गाउँपालीका प्रवक्ता हर्क धामीले बताए ।
