काठमाडौं : सरकारले १५ खर्ब ३२ अर्बक ९६ करोड ७१ लाखको बजेट संसदमा प्रस्तुत गरेको छ ।
बुधवार संघीय संसदको दुवै सदनमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६–०७७को बजेट सार्वजनिक गर्दै १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड अर्थात २६.६ प्रतिशत र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ८८ करोड अर्थात ११ प्रतिशत बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमानित खर्चको स्रोतका लागि राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख विजियोजन गरिएको छ भने वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ३३ लाख प्राप्त गरिँदा पनि बजेटमा ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख कम हुनेछ ।
पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब, खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ५ अर्ब १ करोडसमेत गरी श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड, सामाजिक सुरक्षा कार्यक्रमको लागि ६३ अर्ब ५० करोड विनियोजन गरिएको छ ।
त्यस्तै कृषि तथा पशुपंक्षि क्षेत्रका लागि ३४ अर्ब ८० करोड, महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरुका क्षेत्रमा ७८ करोड, सिंचाइ क्षेत्रका लागि २३ अर्ब ६३ करोड, वन तथा वातावरण क्षेत्रका लागि १४ अर्ब ४९ करोड, भूमीसुधार तथा सहकारी ७ अर्ब ६९ करोड विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।
पर्यटन क्षेत्रका लागि २२ अर्ब ६८ करोड, औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ८७ करोड, वाणिज्य तथा आपुर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड, उर्जा क्षेत्रका लागि ८९ अर्ब ८३ करोड, यातायात पूर्वाधार क्षेत्रमा १ खर्ब ६३ अर्ब, हवाई क्षेत्रमा १५ अर्ब ८५ करोड, यातायात व्यवस्थापन १ अर्ब ५३ करोड, युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ८ खर्ब ३१ अर्ब, वैदेशिक ऋण र ५८ अर्ब सहायताबाट व्यवस्था गर्ने उल्लेख गरिएको थियो भने १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने उल्लेख गरिएको थियो ।
https://drive.google.com/file/d/10R3tHx3VPCtYe84kHdkorex2azY2Vxc_/view
