काठमाडौं : काठमाडौंको चन्द्रागिरिमा पनि बम विस्फोट भएको छ । विस्फोटमा परि दुई घाइते भएका छन् ।
चन्द्रगिरि नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको हो । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
विस्फोटमा परेर दुई जना घाइते भएका छन् भने घाइते हुनेको सनाखत भइनसकेको चन्द्रागिरि प्रहरीका एक अधिकारीले जानकारी दिए ।