काठमाडौं : आइतवार दिउँसो काठमाडौंको सुकेधारमा सिलिण्डर नभई कुकर बम विस्फोट भएको आशंका प्रहरीले गरेको छ । आइतवार सुकेधाराको एक सैलुन र घट्टेकुलोमा एक घरमा विस्फोट भएको थियो ।
तर, घटनाबारे अनुसन्धानका क्रममा सिलिण्डर नभई बम विस्फोट भएको प्रहरी स्रोतले जनाएको छ । दुवै घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन । घट्टेकुलोमा विप्लव समूहको नेपाल बन्द सफल पारौं भन्ने पर्चा भेटिएको छ ।
विस्फाटबाट घाइते भएका रविन केसी विप्लव समूहका विद्यार्थी नेता भएको पुष्टि भएको प्रहरीले जनाएको छ । विस्फोट भएको खबर पाएलगत्तै उद्दारमा संलग्नहरुले सिलिण्ड नभई कुकर बम विस्फोट भएको बताएका छन् ।