कैलाली, ११ जेष्ठ/ धावनमार्ग मर्मतको गर्नभन्दै १ महीनाको लागी बन्द गरीएको धनगढी विमानस्थलको काम अलपत्र परेको छ । बन्द भएको २१ दिन पुगेपनि २७ प्रतिशत मात्रै प्रगती देखीएको छ । गत बैशाख २२ गते देखि जेठ २१ सम्म विमानस्थल एक महिना पूर्ण बन्द गरी धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तारको काम सुरु गरिएपनि २७ प्रतिशत मात्रै भौतिक प्रगती भएको हो ।
लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभी निर्माण कम्पनीले धावनमार्ग मर्मतको काम गरीरहेको छ । कम्पनीका ठेकदारहरुको लापरबाहीले मर्मतको काम अलपत्र परेको छ । शनिबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदिय दल लगाएत सरोकारवालाहरुले निमार्णधिन धावन मार्गको अनुगमन गरेका छन् ।

नेपाली कांग्रेस संसदिय दलका नेता डाक्टर रणबहादुर रावलले प्रदेशको एकमात्र विमान स्थल मर्मतमा निमार्ण कम्पनीहरुले चरम लापरबाही गरेको बताए । विमान स्थल बन्दहुदा सुदूरपश्चिमाबासीले ठुलोमार खेप्नु परेको भन्दै समयमै सम्पन्न गर्न निर्देशन दिए ।
कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले २१ दिन बितिसक्दा सम्म २७ प्रतिशतमात्रै काम हुनु दुख्खको बिषय बनेको बताए । बिमानस्थल निर्मतका लागी प्रदेश सरकार सुतिरहेको भन्दै सम्बन्धीत निकायको ध्यानजान जरुरी रहेको उनको भनाई छ ।
धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तारका लागि दिईएको एक महिनाको समय सकिन १० दिन बाँकी रहेका बेला २७ प्रतिशत मात्र प्रगती भएपछि निधारीत समयमै काम सम्पन्न हुनेमा आशंका थपिएको नेपाली कांग्रेसका प्रदेश सासंद दिल्लीराज पन्तको भनाई छ ।

यता नागरिक उड्डयन प्राधिकरणका पूर्व इञ्जिनीयर योगेन्द्रराज शर्माले अहिले जिर्ण भएको धावन मार्ग खन्ने काम सकिएको भएपनि स्टीमेट भन्दा बढि काम गर्नुपर्ने भएकाले निर्माणमा थप समय लाग्न सक्ने बताए । उनले भने ‘दुई फिट गहिरो मात्रै खाडल बनाउनुपर्ने योजना थियो भने अहिले धावन मार्गको आठ सय ५० मिटर लम्वाईमा साढे चार फिट गहिरो खाडल खनिएको छ । धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारको निर्माण कार्य सक्न जेठ २१ ग्ते सम्मको लागि समयसिमा तोकिएको थियो ।’ निमार्ण कम्पनीहरुले काम गरीरहेको भएपनि समयमै सम्पन्न नहुने उनको भनाई छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले केन्द्रबाटै ठेक्का सम्झौता गरेपछि धावन मार्ग मर्मत, धावनमार्ग फराकीलो बनाउने कार्य र पार्कीङ क्षेत्र विस्तार गर्ने कार्य सुरु भएको थियो ।
धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ । अव धावनमार्गमा थप कालोपत्रे गरिने छ भने जिर्ण बनेको क्षेत्रमा मर्मत भईरहेको छ । दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ । यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ ।




