तेज बोहरा
कैलाली १० जेष्ठ/ गत बुधबार बिहान बिद्यालय जान्छु भनेर घरबाट निस्केकी एक युवतीलाई दलालले काठ्माडौ पुर्याएका छन् ।
बझाङ्गको बित्थडचिर गाँउपालिका ३ घर भएकी १८ वर्षिया बिमला बोहरा घरबाट हराएको दुई दिन पछि काठ्माडौं कलंकीको एक होटेलमा आफन्तले भेटेका छन् । उनले आफुलाई देखेपछि बिमला र संगै रहेकी अर्की युवती होटेलबाट भागेको जानकारी दिए ।
लामो समय देखी काठ्माडौ बस्दै आएकी कुसुम धामी नाम गरेकी युवतीले बिमलालाई काठ्माडौ पुर्याएको हुनसक्ने आफन्तको भनाई छ । कुसुम धामी एकबर्ष अगाडीमात्रै स्थानिय दिपेन्द्र बोहरासंग बिहे गरेर काठ्माडौंबाट बझाङ्ग आएकी पारिवारिक स्रोतले जनाएको छ । कुसुमले घरबाट करिब दुईतोला सुन सहित गरगहना लिएर गएकी उनले बताए ।
कुसुम धामी र बिमला एकबर्ष एतासंगै पढ्ने साथी हुन । काठ्माडौबाट आएपछी कुसुम गाउँकै महादेव उच्च माध्यामीक बिद्यालयमा नौ कक्षामा भर्ना भएकी थिईन् ।
छोरीलाई कुसुमले दलालको हातमा बेचिदीने भन्दै बचाईदिन बिमलामा बुवा झाकरे बोहराले गुहार गरेका छन् । उनले भने ‘घर छोडेर गाउँ बाहीर कहीले नगएकी छोरी दलालसंग बेच्न कुसुमले काठ्माडौ पुर्याएकी हो, दलालको हातबाट बचाईदिनुुस् ।’
बिमलाका परीवारले छोरी हराएकी र खोजीदिन भन्दै स्थानिय प्रहरी चोकीमा समेत निवेदन दिएका छन् ।