कुमारी लक्ष्मी बम
कैलाली १० जेष्ठ/ धनगढी उप–महानगरपालीका १८ फुलवारीमा फुलवारी क्याम्पसको नयाँ निर्माण भईरहेको भवनमा चरम लापरबाही, अनियमितता भएको पाईएको छ । सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयको ५० लाख लागतमा निमार्ण भईरहेको क्याम्पस भवन निश्चित मापदण्ड पुरा नगरेको भन्दै भत्काउदै पुनः निमार्ण गर्ने क्रम चलीरहेको छ ।
केही दिन अगाडीमात्रै भवनको (पिसिसि) निमार्णमा लापरबाही भएकोले भत्काईएको थियो त्यस्तै भवनको संरचना बनाउदा ड्रोईङको आधारमा नगई अन्ताजको भरमा निमार्ण गरेको भन्दै संरचनानै रद्ध गरीयो । चालु आर्थिक बर्षको असार मसान्तसम्म निमार्ण सम्पन्न गरीसक्नु पर्ने गरी क्याम्पस व्यवस्थापन समितीले मन्त्रालयसंग सम्झौता गरेको छ । यसरी पटक पटक भत्काउने र बनाउने पवृत्ति भवन निमार्णको काम समयमै सम्पन्न नहुने निश्चित देखीएको छ ।
यस्तै निमार्ण भईरहेको सोही भवनमा कमसल ईट्टा प्रयोग भईरहेको पाईएको छ । पटक पटक विवादमा आईरहेको भवन निमार्णको जिम्मा पाएको बिद्यालय व्यवस्थापन समितीले आफ्नै बिद्यालयको भबिष्यमाथी खेलबाड गरेको भन्दै स्थानियले गुनासो गरेका छन् ।
बिद्यालय व्यवस्थापन समितीले भवन निर्माणमा कमसल वस्तुको प्रयोग गरेर समग्र क्यामपसको भबिष्यमाथी खेलबाड गरेको भन्दै क्याम्पस सभापती लक्ष्मण गिरीले आपत्ती जनाएका छन् । उनले निमार्ण समितीले भवन निमार्णमा अनियमित र भ्रष्टाचार गरेको आरोप लगाए ।
बिद्यालय व्यवस्थापन समिती अध्यक्ष भुवन रिजालले निमार्ण स्थलमा कमसल ईट्टा आएको भएपनि प्रयोग नगर्ने बताए । उनले ईट्टा उद्योगबाट राम्रै ईट्टा मगाएको भएपनी केही कमसल ईट्टा आएको र त्यसलाई छ्ट्याएर राखेको जानकारी दिए ।
क्याम्पस प्रमुख यम पौडे्लले आफु काठ्माडौ भएकोले यस बिषयमा जानकार नभएको प्रतिक्रिया दिए । उनले एकपटक पहिले ल्याएको कमसल ईट्टा फिर्ता गर्न लगाएको र फेरी त्यस्तै ईट्टा प्रयोग भएको पाईए रोक्न जनाए । यता वडा नम्बर १८ का वडा अध्यक्ष मुरारीप्रशाद अधिकारीले कमसल ईटा प्रयोग गरेको भन्दै निर्माण कार्य रोकेर नयाँ ईटा प्रयोग गर्न क्याम्पस समितिलाई निर्देशन बताए ।