किशोर तामाङ
धनगढी १० जेठ
पचकडीया प्रहरी चौकी डोकेबजार कञ्चनपुर गेट अघाडी स्थानीयले टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन् । अहिले सो क्षेत्रको स्थीती तनाव ग्रस्त रहेको छ ।
बिहिबार राती चौकीमा घटना बुझ्नका लागि पुगेका पुनरवास नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष तुलसी अर्यालय लगाएतका स्थानीयलाई ईलका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरिक्षक कर्णवहादुर बमले प्रहरी प्रयोग गरेर कुटपिट गरेपछि आक्रोशित स्थानियले बिरोध प्रदर्शन गरिरहेका हुन् ।
जिल्लाको पुनरवास नगरपालिका वडा नम्वर ११ का १५ बर्षीय रोमन विक र १४ बर्षीय पुष्पा तामङ बिचको भागि बिवाहको प्रहरी चौकी पचकडीयामा मिलापत्र गराउदा केटालाई घरपरिवारको जिम्मा लगाईएको थियो । तर केटी पक्षको कोही नआएको भन्दै ईलका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरिक्षक कर्णवहादुर बलमे ईलाकामा लैजान खोजेपछि स्थानीयले विरोध गरेपछि प्रहरी निरिक्षक वमले सहितका मदिराले लठ्ठीयका प्रहरीले लाठीचार्ज गर्दा वडा नम्वर ११ का अध्यक्ष तुलसी अर्याल सहित तीन जना घाईते स्थानीय आक्रोशित भएका छन् । अहिले पनि सो क्षेत्रको स्थीती तनाबग्रस्त नै रहेको छ ।



