मोरङ : विवाह मण्डपमै बेहुली छाडेर भाग्ने बेहुलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भनेअनुसार दाइजो नपाएको भन्दै विवाहको मण्डप छाडेर भागेका जहदा गाउँपालिका–४ का २५ बर्से लक्ष्मण राजवंशीलाई प्रहरीले समात्न सफल भएको हो।
जेठ ४ गते जहदाकै २१ वर्षीया युवतीसँग विवाह भइरहेको अवस्थामा उनी मण्डपबाटै उठेर हिँडेका थिए।
दुवै पक्षको परिवारबीच कुराकानी मिली राजीखुसीका साथ गत जेठ ३ गते विवाह गर्ने तय भएको थियो। राजवंशीले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेबल दिनुपर्ने भन्दै बेहुली पक्ष दबाब दिएका थिए। तर बेहुली पक्षले दिन नसक्ने भनेपछि राजवंशी विवाहको मण्डप नै छाडेर भागेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
राजवंशीलाई मुलुकी अपराध ऐन २०७४ अन्तर्गत विवाहसम्बन्धी कसुरबमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान भइरहेका मोरङ प्रहरीले जनाएको छ।
