पछिल्लो समय सुदूरपश्चिम प्रदेश सभाको बिषेश समयमा बोल्ने सासंदहरु बिषय बस्तु भन्दा बाहिर गएर भाषण र व्यङ्ग्य गर्नेहरुको लर्को लाग्न थालेको छ ।
यस्तै आज बसेको प्रदेशसभा बैठकमा नेकपा कैलालीका अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य रतन बहादुर थापाले व्यङ्ग्य गर्दै कांग्रेसले गठन गरेको छाया सरकार २०–२५ वर्ष सम्म चलोस् भन्ने शुभकामना दिएका हुन् ।
अन्तराष्ट्रीय अभ्यासमा चल्दै आएको छाया सरकारको महत्व नबुझेर नेकपाका सांसदले व्यङ्ग्यात्मक शैलीमा नेपाली कांग्रेसको छाया सरकार २०–२५ वर्ष सम्म चलोस् भन्दै शुभकामना दिएका छन्।
प्रदेश सरकारले सभामा पेश गरेको अगामी आर्थिक वर्ष २०७६÷७७ को पूर्व बजेट दस्तावेजमाथिको छलफलमा भाग लिएका थापाले सुरुमै भने, ‘मैले हिजो समाचारमा नेपाली कांग्रेसले छाया सरकार बनायो भनेर सुनेको थिए, त्यसका लागि धेरै धेरै शुभ–कामना दिन चाहान्छु, यो सरकार २०–२५ वर्ष सम्म चलोस् भन्न्ने शुभकामना दिन चाहान्छु।’
थापाले व्यङ्ग्य गर्दै प्रदेशसभा बैठकमै कांग्रेसको छाया सरकारलाई शुभकामना दिएपछि सभामुख, सभामा उपस्थित प्रदेशसभा सदस्यहरु, कर्मचारी र पत्रकारहरु खित्का छोड्दै हासेका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि गठन गर्ने भनेको छाया सरकार यहि जेठ ६ गते गठन भएको थियो। सरकारको कामलाई निगरानी गर्ने गरी कांग्रेसले छाया सरकार गठन गरिएको बताउदै आएको छ।