• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतमा मालीकको घरबाट दुई करोड बराबरको धनमाल चोरेर भागेका नेपाली खोज्न बाजुरानै पुगे पिडीत

कैलाली ९ जेठ/ भारतको बैङलोर स्थित कल्याणनगर निवासी नागराज रेड्डीको घरमा कार्यरत दुई नेपाली कामदार सहित अन्य तीन नेपाली मिलेर गरेको झन्डै दुई करोड रुपैयाँ बराबरको चोरी गरेका छन ।

बाजुराको बुढीगंगा नगरपालिका–९ जुवापानीका हेमनाथ सिंह र उनकी पत्नी मान्डवी सिंहले अन्य तीन नेपालीको सहयोगमा २१ बैशाखमा नागराजको घरबाट चोरी गरेर फरार भएका हुन् । सिसिटिभी फुटेजमा चार पुरुष रातिको समयमा घरभित्र छिरेको र चोरिएको सामान सहित गाडीमा भाग्ने व्यवस्था मान्डवीले मिलाएको देखिन्छ ।

चोरीको घटनामा सिंह दम्पत्तीका अलावा बाजुरा जुवापानीकै दीपक भनिने जीवन, राजेन्द्र शाही र अछाम सेलागाउँका राजु शाही रहेको भन्दै परिवारले बैङलौरस्थित प्रहरीमा किटानी जाहेरी दिएको छ ।

नागराज परिवारले करिब ५ महिना पहिले हेमनाथ र मान्डवीलाई मासिक १५ हजार भारु र आवास सुविधा दिने गरी कामदारका रूपमा राखेका थिए । रेड्डी परिवारका सदस्य सुदिप रेड्डीले परिवारका सबै सदस्य तमिलनाडुको तिर्थाटनमा गएका बेला घरमा चोरी भएको बताए । उनले भने,’२२ बैशाखको बिहान साढे एक बजे घर आउँदा ढोका र भित्रको दराज फुटेको थियो । कपडाहरू भुईमा असरल्ल छरिएका थिए ।’

घटना लगत्तै परिवारले स्थानीय प्रहरीमा तीन केजी २ सय ५४ ग्राम सुनका गरगहना, १५ केजी चाँदीका गरगहना, पाँच लाख मूल्य बराबरका २३ थान घडी, डेढ लाख भारतीय रुपैयाँ बराबरको विदेशी रकम र ५ लाख भारतीय रुपैयाँ चोरी भएको भन्दै निवेदन दिएका छन् ।

सुदिपका अनुसार चोरीमा संग्लन दम्पती बाहेकका अन्य तीन नेपाली पनि कल्याणनगरमै काम गर्थे । चोरीमा संग्लन दम्पत्तीले नक्कली रासन कार्ड समेत बनाएको देखिन्छ ।

घरमा धनमाल भएको पत्तो पाएपछि उनीहरूले परिवारका सदस्य बाहिर रहेको मौका छोपेर चोरी गरेको देखिन्छ । रेड्डी परिवारले चोरीमा संग्लनलाई पक्राउ गरिदिन भन्दै काठमाडौंस्थित भारतीय दूतावासमा समेत निवेदन दिएका छन् । सोही निवेदनमा आधारमा दूतावासले परराष्ट्र मन्त्रालय अनर्तगतका कन्सुलर शाखा र प्रहरी प्रधान कार्यालयलाई घटनाबारे जानकारी गराएको छ् ।

चोरीमा संग्लन दम्पती भागेर नेपालस्थित घर आएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले समेत अनुसन्धान अगाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटले पीडित परिवारका सदस्य चोरको खोजीमा बाजुरामै आएको बताए । घटनाबारे छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालय हुँदै पत्र आएको बताउँदै भने, ’चोरीमा संग्लन भनिएका दम्पत्तीको घरमैपुगेर छानबिन गरेका छौँ ।’

उनका अनुसार दम्पत्तीका बाबुले छोरा बुहारी घरमा नआएको र सम्पर्कमा नभएको बताएका छन् ।

बिहिबार, जेठ ०९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.