९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
लोकसभा निर्वाचनको मतगणना चलिरहेका बेला प्रधानमन्त्री ओलीले मोदीलाई भयंकर ठूलो जित हासिल गरेको भन्दै बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगट ट्विटरबाट मोदीलाई बधाई दिँदै आगामी दिनमा आपसमा नजिक रहेर काम गर्ने बताएका हुन् ।
बिहीबार विहान सुरु भएको लोकसभा निर्वाचनको मतगणनामा हालसम्म मोदी नेतृत्वको भारतीय जनता पार्टी सम्मिलित गठबन्धनले ३ सय ४९ स्थानमा अग्रता कायम गरेको छ । विपक्षी कांग्रेस सम्मिलित गठबन्धनले ९२ सिटमा अग्रता लिएको छ ।
