• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतीय लोकसभा स् मोदीको पक्षमा चुनावी लहर, कांग्रेसको निराशाजनक नतिजा

काठमाडौं- ७ चरणमा सम्पन्न भएको १७औं भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणनाले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पक्षमा चुनावी लहर देखाएको छ।

प्रारम्भिक मत गणनामा मोदी नेतृत्वको भारतीय जनता पार्टी ९भाजपा० ले सन् २०१४ को चुनावमा भन्दा पनि ठूलो सफलता हासिल गर्ने देखिएको छ। मतगणनाको प्रारम्भिक चरणमा भाजपा एक्लैले २९८ चुनावी क्षेत्रमा अग्रता लिएको छ। भाजपासहितको नेसनल डेमोक्रेटिक अलायन्स ९एनडिए० ले करिब ३४४ क्षेत्रमा अग्रता लिएको छ।

उता मुख्य विपक्षी भारतीय राष्ट्रिय कांग्रेस भने भाजपा भन्दा निकैपछाडि देखिएको छ। भारतीय निर्वाचन आयोगका अनुसार कांग्रेसले जम्मा ५२ क्षेत्रमा मात्रै अग्रता लिएको छ। कांग्रेस नेतृत्वको युनाइटेड प्रोगेसिभ अलाएन्स ९युपिए० ले भने जम्मा ८५ क्षेत्रमा अग्रता लिइरहेको छ। ११३ क्षेत्रमा अन्य दलले अग्रता लिइरहेका छन्।

भाजपाले हिन्दी भाषी बाहुल्य क्षेत्र, पहिलेको आफ्नो पकड क्षेत्र तथा पूर्व(पश्चिम सबैका राज्यमा राम्रो प्रदर्शन गरेको प्रारम्भिक मत गणनाले देखाएको छ। भाजपा र उसका अध्यक्ष अमित शाहले निकै जोड दिएका दुई राज्य पश्चिम बंगाल र ओडिसामा पनि राम्रो प्रदर्शन गरेको छ।

राहुल गान्धी नेतृत्वको कांग्रेसले भने निराशाजनक प्रदर्शन गरेको छ। कांग्रेस आफैले चार महिनाअघि विधानसभा चुनाव जितेका दुई राज्य राजस्थान र मध्य प्रदेशमा समेत कमजोर प्रदर्शन गरेको छ। पन्जाव र केरलामा भने कांग्रेसले अग्रता लिएको छ।

एसपी—बिएसी र आरएलडी लगायतको महा गठबन्धन बनेको उत्तर प्रदेश राज्यमा समेत भाजपाले अग्रता धेरै छ। उत्तर प्रदेशमा जसले जित्छ उसले केन्द्रमा सरकार बनाउँछ भन्ने धारणा भारतमा पाइन्छ।

भाजपाले गुजरात, राजस्थान, मध्ये प्रदेश, दिल्ली, हरियाना, कर्नाटक, झारखण्ड, महाराष्ट्र लगायतका राज्यमा राम्रो प्रदर्शन गरेको देखिएको छ।

अघिल्लो चुनावका तुलनामा भाजपाअघि क्षेत्रीय दलहरु समेत निकै कमजोर देखिएका छन्।

भाजपाले चुनावमा मोदीलाई बिलियो र राष्ट्रिय सुरक्षाका मुद्धामा निर्णायक नेताका पमा प्रस्तुत गरेको थियो।

धेरै राज्यमा भाजपाको चुनावी प्रचार अभियानले साम्प्रदायिक रुपमा लिएको थियो। उसले हिन्दु राष्ट्रवादको चर्को वकालत गर्ने गरेको छ।

बिहिबार, जेठ ०९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.