• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पढ्ने उमेरमा आमा

‘लहैलहैमा लागेर सानै उमेरमा विवाह भयो । पछुतो लागेको छ, दोस्रो सन्तान गर्भमा बसेको थाहै भएन । अहिले कमजोर भएको महसुस गर्दै छु’

अछाम — जनालीकोटकी उर्मिला ताम्राकारले १४ वर्षको उमेरमै ४ वर्षअघि मंगलसैन नगरपालिका ३, बिरालतोलीका सिद्ध विकसँग भागी बिहे गरिन् । अहिले उनी १८ वर्ष पुगिन् । साथमा २ सन्तान छन् । पहिलो सन्तान छोरी जन्माएकी उनले जन्मान्तर २ वर्ष नहुँदै पुन: छोरी जन्माइन् । पछिल्लोपटक जन्मेकी छोरी १ महिना पुगिन् ।

‘सुत्केरी अवस्थामा खानलाई घरमा अन्न छैन । पति भारतमा छन्,’ उनले भनिन्, ‘सामान्य चिनजान थियो । पछि फोनमा कुरा हुन्थ्यो । ५ कक्षाको परिक्षा नदिएरै भागेर बिहे भयो । अहिले गुजारा चलाउन गाह्रो छ ।’

विवाहपछि विद्यालय भर्ना भए पनि घरायसी कामले पढ्न नसकेको उनी बताउछिन् । ‘अहिले २ छोरी छन् । दोस्रो पनि छोरी भएको भन्दै सासू-ससुरा र आफन्तले गर्ने व्यवहार बदलिएको छ,’ उनले भनिन्, ‘छोरो नजन्मिएसम्म शान्त वातावरणमा बस्न पाइने अवस्था छैन ।’

मंगलसैन नगरपालिका १३ कि शान्ता धामी १९ वर्षकी भइन् । बिहे भएको ३ वर्ष भयो । अहिले उनिसँग १ छोरी छन् । ७ कक्षा पढ्ने बेला नै प्रेम विवाह गरेकि शान्ता फेरि आमा बन्दै छिन् । ‘सानै उमेरमा लहैलहैमा लागेर विवाह भयो । अहिले पछुतो लागेको छ,’ उनले लजाउँदै भनिन्, ‘दोस्रो सन्तान गर्भमा बसेको थाहै भएन । अहिले कमजोर भएको महसुस गर्दै छु ।’
उर्मिला र शान्ता जस्तै जिल्लाका धेरै किशोरीले पढ्ने उमेरमै आमा बन्ने गरेको जिल्ला अस्पतालको तथ्यांकले देखाउँछ । आव ०७५/७६ मा जिल्लाभर ७ हजार ३ सय १५ महिलाले गर्भ जाँच गराएको र त्यसमा १ हजार ४ सय ६ महिला २० वर्षमुनिका किशोरी रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
प्रोटोकलअनुसार ४ पटक गर्भवती जाँच गर्ने ४ हजार ६ सय १७ गर्भवतीमध्ये ७ सय ५९ जना २० वर्षमुनिका किशोरी रहेको कार्यालयले जनाएको छ । आव ०७१/७२ मा ७ हजार ७ सय १ गर्भवतीले जाँच गराएकोमा १ हजार ४ सय १५ २० वर्षमुनिका गर्भवती किशारी थिए ।
त्यसै आव ०७२/७३ मा ७ हजार ६ सय ६९ जनाले गर्भवती जाँच गराएकोमध्ये १ हजार ६ सय ७७ जना २० वर्षमुनिका थिए । चालु आवको वैशाखमा जिल्ला अस्पताल मंगलसैनमा मात्रै २० वर्ष मुनिका २५ किशोरी आमा बनेका छन् ।

१० जनाले गर्भपतन गराएका छन् । सानो उमेरका विवाहमा गर्भधारण गर्दा आमा र शिशुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भए पनि किशोरावस्थामा गर्भधारण गर्नेको संख्या घट्न सकेको छैन । अघिल्लो वर्षभन्दा केहि संख्या घटे पनि बालविबाह गर्नेको संख्या भने घटेको छैन ।
गर्भ जाँच गर्न आउँदा वास्तविक उमेर नबताउने गर्भवती किशोरी पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयकी सिनियर अनमी ज्ञानु माझीले बताइन् । ‘१६/१७ वर्षका किशोरीहरू वास्तविक उमेर बताउँदैनन् । २० वर्षभन्दा बढि नै भन्छन्,’ उनले भनिन्, ‘आफैं बच्चा उमेरका किशोरीहरू गर्भ जाँच गराउन आउँछन् तर वास्तविक उमेर बताउन चाहदैनन् ।’
वास्तविक उमेर नभन्नेहरू धेरै भएका कारण गर्भवती किशारीको संख्या बढ्न सक्ने उनले बताइन् । बाल विवाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरू देखिने, लैंगिक हिंसा,यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाहरूले बालिका र महिलाहरू थप प्रताडित हुन पुग्छन् ।
  • मेनुका ढुंगाना /  कान्तिपुर दैनिकबाट

बिहिबार, जेठ ०९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.