किशोर तामाङ
कञ्चनपुर ८,जेष्ठ
नेपाली काँग्रेसले देशब्यापी रुपमा थालेको जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासको आइबिआरडीमा कार्यकर्ता भेटघाट र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने”जन आन्दोलन बाट प्राप्त उपलब्धिहरुलाई कम्युनिस्टले उल्ट्याउन खोज्दैछ ।” उनले भने मुलुकमाथी लादिँदै गरेको निरंकुश कदमका विरुद्धमा नेपाली काँग्रेस जुर्मुराउन आबश्यक छ ।
आफ्नो सुदुर पश्चिम भ्रमणबारे प्रष्ट्याउदै नेता पौडेलले भने सरकारका अलोकतान्त्रिक कदमहरुका विरुद्ध कार्यकर्ता र जनता संग अन्तर्कृया गर्दै नेतृत्वलाई सजग पार्न आफू जागरण अभियानमा निस्किएको बताए ।कम्युनिस्ट सरकारले मुलुकलाई अधिनायकवाद तर्फ धकेलेको अब डिलो नगरि सम्पुर्ण नेपाली काग्रेसका कार्यकर्ताहरु एकढिक्का भई अधिनायक बिरुद्ध खडा हुनु पर्ने बताउनुभयो ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्यायको सभापतित्वमा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य एनपी सावँद , कमला पन्त ,रामकृष्ण यादब , साँसद संजय गौतम , पुर्व साँसद दिवानसिंह बिष्ट लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
पार्टीको सस्थापन इतर समुहका नेताहरु प्रती टिप्पणी गर्दै भने”काँग्रेस संग कम्युनिस्टले आँखा जुँधाउन नसक्ने गरि बोल्न सक्ने क्षमता नेतृत्वमा हुनु पर्छ । पार्टीमा अनुशासन , न्याय र मुल्यांकन संग संगै लैजाने हो भने संगठन राम्रो हुन्छ । वरिष्ठ नेता पौडेलले भने पार्टीलाई सुधारेर लैजाने कि नलाने यो बहस कार्यकर्ता माझ लैजान आबश्यक छ ।
पुनर्वासको आइबिआरडीमा आयोजित पार्टीको जागरण कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले भने “काँग्रेसले कहिले पनि अति रंजित कुरा गर्दैन निमुखालाई न्याय बिपन्नलाई आय दिने प्रयत्न काँग्रेसले गरेको हो । ” सहने बानी परेका काँग्रेस कार्यकर्तले त सहलान तर जनताले अब सहनेवाला छैनन । वरिष्ठ नेता पौडेलले भने देश र प्रजातन्त्रलाई जोखिममा राखेर काम गरेको छैन मैले आफुलाई नै जोखिममा राखेको छु ।
वर्तमानमा नेपाल सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल ऐन बारे बोल्दै नेता पौडेलले भने (एक एक गरेर कम्युनिस्ट सरकारले पंचायत राजको कानुन ल्याउदैछ । नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेका अधिकार खोस्न खोज्दैछ । प्रेसलाई कुण्ठित पार्न ऐन ल्याउन खोज्दैछ ।
न्याय, निश्पक्षता र पार्दर्शिता भयो भने काँग्रेस बलियो हुन्छ म यहि कुरा बुझाउन सुदुर पश्चिम पुगेको छु । पार्टीलाई कसरी बलियो बनाएर लैजाने कार्यकर्ता र जनताको भावना बुझ्न आएको हु ,केन्द्मा हामी मिली सके स्थानिय स्तरमा कार्यकर्ता मिलीजुली चारतारा मुनि बसेर काम गर्न आग्रह समेत गर्नुभयो ।
नेपाली काँग्रेसले देशब्यापी रुपमा थालेको जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज पुनर्वास लगतै बेलडाँडी र महेन्द्रनगरमा पनि कार्यकर्ता भेटघाट र प्रशिक्षण कार्यक्रम रहेको नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्यायले जानकारी गराउनुभएको छ ।