लम्की, ६ जेठ
कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई तिन बुँदे ज्ञापनपत्र बझाएको छ ।
संस्थाले ज्ञापन पत्र मार्फत लम्कीचुहा नगरपालिकामा सन्चालन गर्ने प्रस्ताव गरेको ४ हजार मेट्रिकटन क्षमताको कोल्ड स्टोर र जिल्लाका विभिन्न स्थानहरुमा निर्माण गरिने ठुला कृषि फर्महरुका लागि प्रदेश सरकारबाट अनुदानको माग गरेको छ ।
प्रदेशका अन्य जिल्लाहरुमा कार्यक्षेत्र विस्तरका लागि सम्बन्धित प्रदेश मन्त्रालयबाट स्विकृतीका लागि समेत पहल गरिदिन ज्ञापनपत्र मार्फत मूख्यमन्त्रीको ध्यानाकर्षण गराएको संस्थाले जनाएको छ ।
मुख्यमन्त्री भट्टले संस्थाको अवलोकन गर्नुका साथै संस्थाका सन्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरुसंग छलफल गर्नुभयो ।
किसान सहकारीले बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र, कृषीका लागि बजेट छुट्याउन माग
किसान सहकारीले बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र, कृषीका लागि बजेट छुट्याउन माग
