• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भीमदत्त नगरपालिकामा माटो परीक्षण घुम्ती शिविर

महेन्द्रनगर, ६ जेठ/ भीमदत्त नगरपालिकामा घुम्ती माटो परीक्षण शिविर अभियान सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिका कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना, परियोजना कार्यान्वयन इकाई धान जोन इकाईले माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको सहयोगमा शिविर सञ्चालन गरेको छ । स्थानीय तह निर्वाचनपछि किसानहरुका लागि नगरपालिकाका सबै किसानहरुलाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको छ ।

भीनपा वडा नं। २ बाट उद्घाटन गरिएको शिविर अन्र्तगत नगरपालिकाका १६ वडामा ६ सय किसानको माटो परीक्षण गरिएको छ ।
‘कस्तो माटोमा कुन खेती उपयुक्त हुन्छ, माटोको खाद्य शक्ति बढाउन के गर्नु पर्छ, उत्पादन कसरी बढाउन सकिन्छ लगायतका कुरामा किसानलाई सचेतना दिन नगरपालिकाका सबै वडाका किसान लक्षित गरी शिविर सञ्चालन गरिएको छ’ भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले भने,‘यो शिविरबाट किसानलाई माटो परीक्षण सम्बन्धी सचेतना बढ्ने र माटोको खाद्य शक्ति सुधार भएर उत्पादनबाट राम्रो लाभ लिन सक्ने विश्वास लिएका छौ ।’

माटो तथा मल परीक्षण प्रयोगशालाले यस अघि किसानको माटो परीक्षण गर्दै आए पनि स्थानीय तह निर्वाचनपछि सबै वडाका किसानका लागि भीनपाले घुम्ती शिविर सञ्चालन गरेको हो । माटो तथा मल परीक्षण केन्द्रका वरिष्ठ माटो विज्ञ राम दरार यादवले माटो परीक्षणमा किसानहरु अपेक्षित सचेत नभएकाले शिविरबाट सचेतना वृद्धिमा टेवा पुग्ने बताए ।

‘किसानहरु जति सचेत हुनु पर्ने हो, त्यति छैन, माटो परीक्षण भनेको के हो भनेर सोध्छन्’ उनले भने,‘यो शिविरबाट माटो परीक्षण सचेतना बढ्छ, त्यसले उत्पादनमा केही न केही असर पर्छ ।’

शिक्षित किसानहरु माटो परीक्षणमा सचेत देखिए पनि परीक्षणका लागि माटोको नमूना लिंदा नै समस्या हुने गरेको माटो विज्ञ यादवले बताए ।

भीनपाका १२ वडामा गरिएको परीक्षणमा सबै ठाउँको माटोमा प्राङ्गारिक पदार्थ न्यून देखिएको छ । ‘प्राङ्गारिक पदार्थ सबै ठाउँमा कम देखिएको छ, त्यसमा भराउनु पर्ने अवस्था छ’ उनले भने,‘हरियो मल, कुखुराको सुली, झारपात लगायतका प्राङ्गारिक पदार्थ प्रयोग गरी यसमा सुधार गर्न सकिन्छ ।’

माटो परीक्षणका क्रममा वडा नं. ६ र ७ मा फोस्फोरसको मात्रा बढी देखिएको छ भने वडा नं. ३ मा कम देखिएको छ । डिएपी मलको अत्यधिक प्रयोगले फोस्फोरसको माबा बढी देखिएको हो । यसैगरी पोटास र नाइट्रोजनको मात्रा पनि कम पाइएको माटो विज्ञ यावदले बताए ।

नगरपालिकाले वडामामा माटो परीक्षण सुरु गरेपछि किसानहरु विहानदेखि साँझसम्म माटो परीक्षण गरि रहेका छ ।
भीनपा वडा नं. १६ की गोमादेवी विष्टले माटो परीक्षणका लागि पटक पटक प्रयास गर्दा समेत सफल हुन नसकेको बताइन् ।

‘माटो जाँच गर्न धानको जरा समेत उखेलेर लग्र्यौ, कही हुन सकेन’ उनले भनिन्,‘ यस पटक वडामा आएको शिविरमा परीक्षण गरिएको छ ।’
भीनपा वडा नं.१६ को वडा कार्यालयमा सोमबार माटो परीक्षण गरिएको छ । भीनपा आर्थिक विकास समितिका संयोजक डम्मर सिह कार्की, वडा नं. १६ का अध्यक्ष सुरेन्द्र विष्ट, माटो विज्ञ यावद सहित प्राविधिक माटो परीक्षणमा सहभागी भएका छन् ।

भीनपा आर्थिक विकास समितिका संयोजक कार्कीले किसानहरुलाई माटो परीक्षणका लागि सचेतना फैलाउन सबै वडामा शिविर सञ्चालन गरिएको बताए ।

सबै वडामा शिविर सकिएपछि माटो परीक्षणको प्रतिवेदन नगर प्रमुख सुरेन्द्र विष्टलाई बुझाइने संयोजक कार्कीको भनाई छ ।
‘त्योृ प्रतिवृेदनका आधारमा माटो गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्न नगरपालिका कार्यक्रम बनाउँछ, त्यसका लागि सबै ठाउँको रिपोर्ट मेयरसापलाई बुझाउँछौ ।’

सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.