काठमाडौं : एक दिनअघि ‘डायरियो स्पोर्ट’ले ‘बार्सिलोनाको ड्रेसिङ रुम भन्छ– नो ग्रिजम्यान’ शीर्षकमा प्रमुख समाचार छापेको थियो। सो समाचारले युरोपको खेलाडी ‘समर विन्डो’को रुपमा चिनिएको समयमा ठूलै तहल्का पिट्यो।
स्पेनिस क्लब बार्सिलोनाले जनावरीदेखि आँखा लगाइरहेको फ्रान्सेली फरवार्ड एन्टोनियो ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गर्ने तयारी अन्तिम चरणमा पु-याएको थियो। तर क्लबका कप्तान मेस्सीसहित केही खेलाडीले उक्त निर्णयको बिमतिमा आफ्नो धारण व्यक्त गरेका छन्। ग्रिजम्यानका कारण बार्सिलोनाको डे«सिङ रुममा समस्या सिर्जना हुन सक्ने बताइएको छ।
यही भएर पनि बार्सिलोनाको बोर्ड अहिले मेस्सीको योजना र ड्रेसिङ रुमको अवस्थाप्रति जानकार रहेकाले ग्रिजम्यानसँग सम्झौता गर्न आनाकानी गरिरहेको बताइछ। ग्रिजम्यानका सर्त पूरा गरेर अनुबन्ध गर्दा बार्सिलोनाका थुप्रै खेलाडी बेखुसी हुने बताइएको छ।
केही समयअघि बार्सिलेनाका एक पूर्वप्रशिक्षकले ग्रिजम्यानले एट्लेटिको म्याड्रिडसँग धोका गरेको र उनी घमण्डी स्वभावको रहेकाले टिममा प्रवेश नगराउन सल्लाह दिएका थिए।
