काठमाडौं : वेस्टइन्डिजले गतसाल अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिसकेका आफ्नो पूर्वकप्तान ड्वेन ब्रावोलाई विश्वकपका लागि राष्ट्रिय टोलिमा समावेश गरेको छ। क्रिकट वेस्टइन्डिज(सीडब्लुआई) को वेबसाइटमा जारी सुचनाको अनुसार ब्राबोलाई अगाडिको खेलमा पोलार्डको रिजर्भ खेलाडीको रुपमा सामेल गरिएको हो।
पछिल्लो साल ब्राबोले बोर्डसँगको विवादका कारण सन्यास लिएका थिए। ब्राबोले सन् २०१४ अक्टोबरदेखि एउटा पनि एक दिवसीय खेल खेलेका छैनन्। उनले वेस्टइन्डिजका लागि २०१६ सेप्टेम्बरमा पाकिस्थानका विरुद्ध ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
त्यस्तै पोलार्डले पनि दुई वर्षदेखि एक दिवसीय खेल खेलेका छैनन्। उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल नोबेम्बर २०१८ मा भारतविरुद्ध खेलका थिए। वेस्टइन्डिजले रिजर्वमा सुनिल एम्ब्रिस, जोन काम्पवेल, जोनाथन कार्टर, रोस्टन चेच, शेन डावरिक, किमो पाल, खेरी पियरे र रेमन रिफर राखेकाे छ । विश्व कपमा वेस्टइन्डिजले पहिलो खेल ३१ मे मा पाकिस्तानविरुद्ध खेल्दैछ।
