स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले यो वर्षको पीचीची अवार्ड जितेका छन् । बार्सिलोनालाई ला लिगा च्याम्पियन बनाउने क्रममा ३६ गोल गरेका मेस्सीले सर्वाधिक गोलकर्तालाई प्रदान गरिने पीचीची अवार्ड जितेका हुन् । गएराति भएको अन्तिम खेलमा पनि उनले २ गोल गरेका थिए ।
यो सिजन लिगमा ३६ गोल गरेका उनले अन्य विभिन्न प्रतियोगितामा गरी क्लबका लागि ५० गोल गरे । मेस्सीले पीचीची अवार्ड जितेको यो छैठौं पटक हो । उनले लिगमा ३६ गोल गरेर १३ एसिस्ट गरेका छन् ।
सर्वाधिक गोलकर्ताको सूचीको दोस्रो नम्बरमा बार्सिलोनाकै लुइस स्वारेज र तेस्रो नम्बरमा रियल मड्रिडका करिम बेन्जेमा रहेका छन् । उनीहरु दुवैले समान २१ गोल गरेका छन् भने सेल्टा भिगोका लगो आसपासले २० गोल गरेका छन् ।
