• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चैनपुर–ताक्लाकोट सडक निर्माण कछुवा गतिमा

बझाङ, जेठ — सुदूपश्चिम प्रदेशको समृद्धिको मार्ग मानिएको चीनको तिब्बत जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माणले गति लिन सकेको छैन । सेती लोकमार्ग उत्तर खण्डअन्तर्गत पर्ने यो सडक निमार्णका लागि दुईवटा कम्पनीले काम गरिरहे पनि भौतिक प्रगति सन्तोषजनक नभएको सडक आयोजना कार्यालयले जनाएको छ ।

१८ किलोमिटर दूरी रहेको चैनपुर रुवातोला सडकलाई चौडा बनाउन ०७३ मा ठेक्का सम्झौता भएर काम सुरु गरेका लुम्बिनी र राजेन्द्र निर्माण सेवाले हालसम्म १२ किलोमिटर मात्र काम सम्पन्न गरेका छन ।

यो प्रगति ७० प्रतिशतको हाराहारी हो । ४ वर्षको अवधिमा भएको यो प्रगति हेर्दा तोकिएको म्यादभित्र काम सम्पन्न हुनेमा शंका रहेको आयोजना कार्यालयका प्रमुख ऐनबहादुर सिंहले बताए ।

उक्त कम्पनीको ठेक्का अवधि समाप्त हुन ७ महिना मात्र बाँकी छ । २२ करोडको लागतमा काम गर्ने गरी निर्माणको जिम्मा लिएको उक्त कम्पनीले १८ किलोमिटर सडकलाई ठूला सवारी साधनहरू सञ्चालन गर्न मिल्ने गरी साढे सात मिटर चौडा बनाउने जिम्मेवारी पाएको थियो ।

यता निर्माण कम्पनीका साइट इन्चार्ज योगेश साउदले स्थानीयको पटकपटकको अवरोधका कारण सडक निर्माणमा ढिलाइ भएको बताए । तोकिएको अवधिमा काम सक्ने गरी आफूहरू लागिरहेको उनको दाबी छ । ‘धेरैपटक स्थानीयको अवरोधले काम रोकिएको छ । बाधाहरू पन्छाउँदै काम गर्नुपरेकाले ढिला भएजस्तो देखिए पनि समयमै सकिनेमा विश्वस्त छौं,’ उनले भने ।

यस्तै रुपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ३० किलोमिटर सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीको काम झन् सुस्त छ । ५० महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लिएको उक्त कम्पनीले २ वर्षको अवधिमा १४ किलोमिटर ट्र्याक खोल्ने काम सम्पन्न गरेको छ ।

धुलीसम्म नै ठूला सवारी सञ्चालन गर्न मिल्ने गरी ८ मिटर चौडा सडक बनाउने जिम्मा लिएको कम्पनीको काम निकै ढिलो गतिमा भइरहेको बताउँदै आयोजना प्रमुख सिंहले भने, ‘कहिले मेसिन बिग्रियो भन्छन् । कहिले डिजेल सकियो भनेर बहाना बनाइरहेका छन ।’

उनले छिटो काम सम्पन्न गर्न आफूले निरन्तर ताकेता गरिरहे पनि कम्पनीले वास्ता नगरेको बताए । सरदर एक महिनामा आधा किलोमिटर सडकको ट्र्याक खोल्ने काम भइरहेको उनले बताए । ठेकेदार कम्पनी स्वच्छन्द बानियाँ नागार्जुन जेभीका सञ्चालक दीपकबहादुर सिंहले भने आयोजना प्रमुखको आरोपको खण्डन गरे ।

उनले आफूहरूका पाँचवटा स्काभेटर कार्यस्थलमा रहेको र पूर्ण क्षमताका साथ काम गरिरहेको बताए । स्थानीय तहको निर्वाचन, प्रदेश तथा संघको निर्वाचन र समयमै विस्फोटक पदार्थ उपलब्ध नभएकोले केही ढिलाइ भएको भए पनि अहिले दु्रत गतिमा काम भइरहेको उनको भनाइ छ ।

‘हामीले काममा बहाना बनाउनुपर्ने कुनै कारण नै छैन,’ सञ्चालक सिंहले भने, ‘अहिले जिलेटिन प्राप्त गर्ने प्रक्रिया पनि पूरा गरी सकेका छौं । तोकिएको समयमा काम सम्पन्न गर्छाैं ।’

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आयोजनास्थलको अनुगमन गरी समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई निर्देशन दिएका छन् । ‘अनुगमनमा गएको बेला तामझामसहित काम गरेको देखाउँदा रहेछन्,’ उनले भने, ‘फर्केपछि सुस्त हुन्छन् ।

समयमा काम नसके कारबाही गर्ने चेतावनी पनि दिएको छु ।’ यो सडक छिटो निर्माण गर्न सेती लोकमार्गअन्तर्गत उत्तरखण्ड (चैनपुर(ताक्लाकोट) मार्गको छुट्टै कार्यालयसमेत स्थापना भएको छ ।

चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मानिएको यस सडकको लम्बाइ १ सय १८ किलोमिटर छ । साइपाल गाउँपालिकाको धुलीदेखि सीमा क्षेत्र उरै भन्ज्याङसम्म ६० किलोमिटरको डीपीआरसमेत तयार भइसकेको छ ।

धुलीभन्दा माथि हिमाली क्षेत्रमा सुरुङ निर्माण गर्न सके यो दूरी आधाभन्दा बढी घट्ने र वर्षभरि सवारी साधन सञ्चालन गर्न सकिने प्राविधिक अध्ययनले देखाएको छ । कान्तिपुरबाट

सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.