• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सिसी क्यामेरा छलेर घुस लिन्छन् मालपोतका कर्मचारी

धनगढी,  जेठ – जिल्ला मालपोत कार्यालय धनगढीको सेवा प्रवाह असहज बन्दै गएको सेवाग्राहीले गुनासो गरेका छन् । त्यहाँ कार्यरत कर्मचारीले सिसी क्यामेरा छलेर पैसा लिने गरेको र नदिए काममा ढिलासुस्ती गरेर सास्ती दिने काम भइरहेको सेवाग्राहीले आरोप लगाएका हुन ।

जग्गा नामसारीका लागि काठ्माडौंबाट आएका धनगढीका स्थानीय वीर बहादुर महताले लगातार दुई दिन धाएर मुस्किलले काम भएको गुनासो गरे । ‘कर्मचारी छैनन् भनेर कामै रोकिदिनु त भएन नि, उनले आक्रोस पोखे ।’

जनतालाई करको भार बोकाई दिएर सेवा दिने वेला चाहिँ यस्तो उस्तो भनेर जनता ठग्नु सरासर गलत हो ।’ कार्यालयमा सिसी टिभी क्यामेरा छलेर रकम लिने काम भइरहेको उनको आरोप छ ।

महता मात्रै होइनन्, मालपोतमा दैनिक पुग्ने सयौँ सेवाग्राहीले सहजै काम गर्न सक्ने वातावरण छैन । दैनिक कार्यालयमै धाएर घण्टौँ लाइन बस्नुपर्दा पनि काम नहुने समस्याले मालपोत कार्यालयमा पुग्ने सेवाग्राही आजित भएका छन् ।

‘हामीले के गर्ने हो भन्दा पनि कार्यालयको गेटमै गएर यो कामका लागी यति पैसा हो भन्छन्, एक जना सेवाग्रही शीतल साउदले भनिन् ।’ कार्यालय वा सम्बन्धित निकायले यसमा यथासक्य पहल गरिदिन उनिरुको माग छ ।

भ्रष्टाचारको आँकडा तयार पार्ने निकायको सूचीमा सबैभन्दा बढी भनसुन र भ्रष्टाचार हुने सरकारी निकाय मालपोत कार्यालय हो, भन्ने पुष्टि भइसकेको छ ।

तर नियमनकारी पक्षले भने यसमा चासो दिन सकेको छैन । जस कारण मालपोतको ढिलासुस्ती, भन्सुन र भ्रष्टाचार कम हुन नसकेको ट्रन्सपरेन्सी इन्टरनेसनल नेपालका केन्द्रीय सभासद् खेमराज पाण्डेयको भनाइ छ ।

‘यसका लागी माथिल्लो निकाय सजग हुन जरुरी छ,’ सभासद् पाण्डेयले भने, सेवा प्रवाहलाई कसरी सहज बनाउने भन्ने विषयमा कर्मचारीलाई तालीम, सेमिनार गोष्ठी आदि के गरेर हुन्छ सक्षम बनाउनु पर्छ ।’ मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत प्रेम सिंह कुँवरले सेवा प्रभाव सुधारको काम भइरहेको दाबी गरे ।

आफूले लेखापढी व्यवसाय गर्नेको नियमन देखि सेवाग्राहीको सहजतालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । ‘म सेवाग्राहीको सेवा प्रवाहलाई कसरी सहज बनाउने भन्ने विषयमा गम्भीर छु,’ मालपोत अधिकृत कुँवरले भने, तर कर्मचारी अभावले समस्या भइरहेको उनको भनाई छ ।

‘४१ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयका १८ जना मात्रै कर्मचारी छन्, उनले भने’ त्यसमा पनि ४÷५ जना समायोजन भएर जानुभयो, त्यसले गर्दा सेवा प्रवाहमा समस्या भएको हो ।’

पटक पटकको अनुगन पश्चात पनि विचौलीयाको हालिमुहाली र कार्यालयको उदासिनताले सेवाग्राहीको अधिक चाप रहने मालपोत कार्यालयमा सर्वसाधारणले सहज रूपमा काम गराउन सकेका छैनन् ।

प्राविधिक कर्मचारी अभाव र सर्भर डाउन भएर पनि सेवाग्राहले सानो कामका लागी पनि कयौँ दिन धाउनु पर्ने बाध्यता छ ।  । यस विषयमा मालपोत कार्यालय र नियमन गर्ने विषयमा नियमकारी निकायले पनि सेवाप्रवाह सुधारको शीघ्र कदम चाल्न जरुरी छ ।

सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.