• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हुलाकी सडकः म्याद सकियो, सडक अधुरै८ वर्ष बितिसक्दा पनि बनेन पुल

धनगढी,  बैशाख – कैलाली, कञ्चनपुरमा निर्माण भइरहेको हुलाकी सडक निर्धारित समयमा निर्माण हुन नसकेपछि पहिलो पटक म्याद थप गरिएको छ । भारत सरकारले निर्माण कार्यमा गति नदिएको भन्दै नेपाल सरकारले निमार्णको जिम्मा लिएको सडक त्यसपछि थप सुस्त भएको हो ।

कैलालीको कटैनीदेखी कान्द्र सम्मको १८ किलोमिटर सडकको सम्झौता फागुन ८ गते सम्मका लागि थप गरिएको छ । उक्त सडकको समय गत वर्ष फागुन ३० गते सम्पन्न भएको थियो । सडकको ४१ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

क्याम्पस रोड देखि भन्सार सम्मको दोस्रो खण्डको ६.५ किलोमिटर सडक २०७६ असोज २६ गते सम्म सम्पन्न गर्ने सम्झौता भएको छ । हाल सम्म उक्त सडकमा १० प्रतिशत प्रगति भएको छ । उक्त सडकको म्याद भने थप गरिएको छैन  ।

कञ्चनपुरमा पनि दुई खण्डका सडकहरूको समय सम्पन्न हुनुभन्दा ५ महिना अघि नै म्याद थप गरिएको छ । हुलाकी सडक अन्तर्गत कञ्चनपुरको डोके बजार देखी बेलोरी सम्मको २० किलोमिटर सडक २०७६ चैत्र मसान्त सम्म समय थप परिएको छ । उक्त सडकको भौतिक प्रगति ३३ प्रतिशत मात्रै सम्पन्न भएको छ । भदौ १५ गते सम्म उक्त सडकको निर्माण सम्पन्न गर्नुपर्ने समय  रहेको थियो ।

बेलोरी देखी बेल्डाडी सम्मको २० किलोमिटर सडक २०७६ असार १८ गते सम्पन्न हुँदैछ । उक्त सडकको म्याद थप गरिएको छैन । उक्त सडकको काम ४९.१३ प्रतिशत सम्पन्न भएको छ ।

भदौ १५ गते सम्म सम्पन्न गर्नुपर्ने बेल्डाडी दैजि २२ किलोकिटर सडकखण्डको पनि २०७६ चैत्र मसान्त सम्म समय थप गरिएको छ । उक्त सडकको प्रगति ३५ प्रतिशत सम्पन्न भएको छ ।

८ वर्ष बितिसक्दा पनि बनेन पुल

हुलाकी सडक अन्तर्गत २०६८ सालमा सम्झौता भएको कन्द्रा नदी पुल ८ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । ८ वर्षमा ३४ प्रतिशत मात्रै भौतिक प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय धनगढीले जनाएको छ ।

लामा शाल्पा शर्मा–बिरुवा जेभीले निमार्णको जिम्मा लिएको उक्त पुलमा पटक पटक म्याद थप गरिएपनि निमार्णले गति पाउन सकेको छैन । पछिल्लो पटक उक्त पुलको समय थप गरिएको छैन ।

अन्यमा पनि समस्या

हुलाकी सडक मात्रै होइन कैलालीकै अन्य कयौँ योजना पनि निर्धारित समयमा पुरा हुन सकेका छैनन् ।

धनगढी र कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिकालाई जोड्ने मोहना नदीको पुल पनि पाँच वर्षदेखि अलपत्र छ । ७ करोड रुपैयाँ लगानीमा एलाइडरएड्भेन्चर जेभीले पाँच वर्षअघि सुरु गरेको उक्त पुलको प्रगति पनि सन्तोषजनक नरहेको स्थानीय बताउँछन् । निर्माण कम्पनीले तोकिएको समयमा पुल बनाउन नसकेपछि पुनः दुई वर्ष म्याद थपिएको छ ।

करिब २ अर्ब रुपैयाँको लगानीमा सुरु गरिएको कैलालीको मोहना पुल(अत्तरिया ६ लेन सडकले पनि गति पाउन सकेको छैन। पहिलो चरणमा सम्झौता म्याद सकिएको छ तर अहिलेसम्म उक्त सडकमा पर्ने ३ वटा पुलको टेन्डरसमेत हुन सकेको छैन । उक्त सडकको काम ३५ प्रतिशत मात्रै सम्पन्न भएको आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना बन्न थालेको ९ वर्ष पुग्यो। आयोजनाको ९ वर्षमा ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। २०६६ सालदेखि निर्माण सुरु भएको आयोजना आर्थिक वर्ष २०७३र०७४ मा सम्पन्न गर्ने लक्ष्य थियो। तर हालसम्म पनि आयोजनाको काम सन्तोषजनक हुनसकेको छैन।

प्रशासनको चेतावनी

निर्धारित समयमा काम पुरा नगर्ने ठेकेदारहरूलाई कारबाही नहुँदा पनि लापरबाही बढिरहेको सर्वसाधरणहरु बताउँछन् । स्थानीय प्रशासनले भने समयमा काम सम्पन्न नभएको योजनामाथि छानबिन गर्ने बताएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले १० दिन भित्र ती योजनाका विषयमा छलफल र छानबिन गरिने बताए । उनले भने, ‘हामीले सञ्चालनमा रहेका योजना किन पुरा भएनन् भन्ने बारे छानबिन गर्छौँ ।’

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले निर्माण कार्यमा ढिलाइ गर्ने जो सुकै भए पनि कारबाहीको भागीदार बन्नुपर्ने बताएका छन् । ढिला हुनुको मुनासिभ कारण देखिएन भने कारबाही हुन्छ’ उनले भने , ‘यो या त्यो भन्ने होइन ढिलाइ गर्ने सबै कारबाहीको दायरामा आउँछन् ।

सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.