• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

देशलाई पुग्ने बिजुली उत्पादन भए पनि ६० प्रतिशत जनसंख्या अँध्यारोमै

धनगढी, ६ जेठ — सुदूरपश्चिम ‘बत्तीमुनिको अँध्यारो’ जस्तै भएको छ । यो क्षेत्रमा प्रदेशलाई पुग्ने बिजुली उत्पादन भए पनि ६० प्रतिशत जनसंख्या भने अझै अँध्यारोमै बस्न बाध्य छ । प्रदेशमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि स्थानीयस्तरमा वितरण नगरिएको हो ।

सरकारी लगानीमा चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण लाइनमा ३० मेगावाट विद्युत् आपूर्ति भएको छ । निजी क्षेत्रबाट दार्चुलाको अपि हाइड्रो पावरबाट ८ र हालै सम्पन्न डोटीको कपाडीगाडबाट ३ दशमलव ३ गरी ४१ दशमलव ३ मेगावाट बिजुली उत्पादन सुरु भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

भारतको टनकपुरबाट आयातित ३५ मेगावाट बिजुली आफ्नै भागमा जोडदा सुदूरपश्चिमले आफूलाईपुग्ने जति विद्युत् राष्ट्रिय प्रसारण लाइनलाई दिँदै आएको छ । सुदूरपश्चिममा माग भएको ५८ मेगावाट बिजली मात्रै हो । त्यति उत्पादनले २४ घण्टा नियमित उपयोग गर्दा पनि पुग्छ ।

’हाल सुदूरपश्चिममा ४० प्रतिशतले मात्रै बिजुलीको सुविधा पाएका छन्,’ विद्युत् प्राधिकरणका क्षेत्रीय प्रमुख सतीश कर्णले भने, ’४ वर्ष्भित्र शतप्रतिशतसम्म विद्युत् सेवा प्रदान गर्ने गरी काम भइरहेको छ ।’ जिल्लाका विभिन्न ठाउँका रहेका साना जलविद्युत् आयोजनाबाट हुने १ मेगावाट जति बिजुली थप्दा सुदूरपश्चिमबाट अहिले ४२ दशमलव ३ मेगावाट उत्पादन भइरहेको छ ।

त्यो स्थानीयस्तरमै खपत हुने विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कैलाशखोला अछाममा ०.४, दार्चुलाको डुम्री सार्वजनिक जलविद्युत्बाट ०.३, र बैतडीको सुर्नाया गाडबाट ०.२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यस्तै सार्वजनिक जलविद्युत् आयोजना बझाङ र बाजुराबाट पनि ०.२/०.२ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

क्षेत्रीय कार्यालयका प्रमुख कर्णले सुदूरपश्चिममा निकट भविष्यमै थप ७३ दशमलव ४९ मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिए । बझाङको कालंगागाड जलविद्युत् आयोजनाबाट १५.३, माथिल्लो कालंगागाड आयोजनाबाट ३८.४६, माथिल्लो सानोगाडबाट १०.७ अपर नौगाड दार्चुलाबाट ८ र जिउलीगाडमा एक मेगावाट विद्युत् उत्पादनको चरणमा छ । त्यहाँबाट उत्पादित विद्युत् लैजाने हाइटेन्सन लाइनमुनिका बस्ती र घरमा बिजुली कहिले बल्ला ? त्यसको जानकारी भने प्राधिकरणले दिएको छैन ।

कैलाली र कञ्चनपुरमा मात्रै ८० प्रतिशत घरमा विद्युतीकरण भएको छ । पहाडी जिल्लाका सदरमुकाममा बल्ल राष्ट्रिय प्रसारण लाइन पुग्दै छ । मंगलबार मात्रै दार्चुलामा ३३ केभी राष्ट्रिय प्रसारण लाइनबाट बत्ती पुगेको छ । यसअघि त्यहाँ भारतबाट आयतित बिजुली बल्थ्यो । प्राधिकरणले मासिक २५ लाख तिरेर भारतबाट विद्युत् खरिद गरिरहेको थियो ।

बाजुरा सदरमुकाममा अझै राष्ट्रिय प्रसारणको बिजुली पुगेको छैन । स्थानीय खोलाबाट उत्पादन गरिएको ०.२ मेगावाट क्षमताको सार्वजनिक जलविद्युत् आयोजनाबाट बिजुली पुगेको छ । बझाङ सदरमुकाम चैनपुरमा पनि प्राधिकरणले गएको तिहारमा राष्ट्रिय प्रसारण लाइनबाट बत्ती दिन दिएको थियो । विद्युत् प्राधिकरणको एक तथ्यांकअनुसार ०६८ को जनगणनाअनुसार सुदूरपश्चिममा ५ लाख ८० हजार घरधुरी बसोबास छ ।

त्यसमध्ये गत चैतसम्ममा २ लाख २६ हजार ६१९ घरधुरीमा बत्ती पुगेको छ । प्राधिकरण प्रमुख कर्णले हालसम्म राष्ट्रिय प्रसारण लाइनको पहुँच नपुगेका ६ नगरपालिका र २५ गाउँपालिकामा विद्युत् सेवा विस्तार गर्ने गरी काम भइरहेको बताए । उनकाअनुसार २८ नगरपालिका र २९ गाउँपालिकाको सदरमुकामसम्म राष्ट्रिय प्रसारण लाइन पुगिसकेको छ । कान्तिपुरबाट

सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.