• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भान्सामै भेटिन्छ औषधि

हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ । जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन् ।

लसुन

लसुनलाई खाना स्वादिस्ट बनाउने मसला मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव स्वास्थ्यका लागि धेरै लाभदायी गुण हुन्छन् लसुनसँग । एसिडिटीको समस्यामा यसको प्रयोग असाध्यै लाभदायी मानिन्छ । लसुनले उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ । यसले रगत प्रसारणमा नियन्त्रण गरेर कतिपय अवस्थामा मुटुका रोग लाग्नबाट समेत जोगाउँछ ।पेटका रोग जस्तै डाइरियाका लागि यसको प्रयोग असाध्यै प्रभावकारी ठानिएको छ । त्यसैगरी प्राचन प्रक्रियालाई यसले सघाउँछ । आत्तिने वा तनावबाट सिर्जना हुने एसिडिटी कन्ट्रोल गर्न पनि काम आउछ ।

लसुनमा रहेको डिटक्सिफिकेसन गुणका कारण विश्वमैं वैकल्पिक चिकित्सामा यसलाई सबभन्दा राम्रो खाद्य सामग्री मानिएको हो । यो त्यति शक्तिशाली हुन्छ, कतिपय परजीविलाई शरीरभित्रै सिध्याइदिन्छ । मधुमेह र कति प्रकारका क्यान्सर समेत निको गर्न यसले मद्दत गर्छ । लसुन श्वासप्रश्वास प्रणालीका लागि पनि राम्रो हुन्छ । यसले टिबी, दम, निमोनिया, रुघालगायतका रोगको रोकथाम गर्न सक्छ ।

खुर्सानी

खुर्सानीको प्रयोग बुझेर गर्दा यसले ओखतीकै काम गर्छ। बङ्गारा दुखेमा सफा सिलौटामा मसिनो गरी खुर्सानीमा पानी मिसाई पिँधेर कपडाछान गर्नुपर्छ। यदि वायाँ वङ्गारो दुखेको छ भने दाहिने कानमा यसको झोल हाल्नुपर्छ। यदि खुर्सानी पानीले पोल्यो भने अलिकति घ्यू मनतातो पारेर एक दुई थोपा कानमा हाल्दा सन्चो हुन्छ।

पुरानो खुर्सानीको बोटको जरा सुरक्षित राखी जरालाई चन्दन बनाएर मोतीया बिन्दु हुन लागेको या आँखामा लगाउदा आराम गर्छ।

एउटा खुर्सानी पानीमा डुवाउनुपर्छ। त्यसलाई छानेर अलिकति मह मिसाई कुल्ला गर्दा घाँटीको घाउ निको हुन्छ। केही बेर पोल्न सक्छ।

स्वर बन्द भएमार गला बसेमा तीन वटा खुर्सानी एउटा कागती तीन मासा बदाम, तीन ग्राम मिश्री र बबुरको गुँद पिधनु र गोली बनाउनुएर दिनमा दुई९दुई पटक गोली मुखमा राखी चुस्नुपर्छ। बसेको स्वर खुल्छ।

मृगौला शुल एउटा खुर्सानी पानीमा हाली खुव पिँधि चन्दन जस्तो भएपछि शुल भएको ठाउमा लेप लगाउनु, दुख्ने एकदम छोड्छ।
निमोनिया एउटा खुर्सानीमा पानी हालेर खुव पिँधि चन्दन जस्तो लेप तयार भएपछि मनतातो बनाई दुखेको ठाउमा लेप गर्दा दुख्न छोड्छ। लेप लगाएको ठाउमा सहन नसक्ने गरी पोल्यो भने १५ मिनेट पछि लेप हटाई पोलेको ठाउमा गाईको घ्यू लगाई दिनु पर्छ।

ज्वानो

ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारी आदिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ ।

कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ ।
यसले पाचनशक्ति बढाउँछ, हानीकारक जीवाणु एवम् कृमिनाश गर्छ, वायुविकार हटाउँछ ।

गर्मी, सर्दी दुबै मौसममा अनुकुल ज्वानोले फाइदा गर्छ । पेट दुखाइ कम गर्न, पेटका कृमिहरु नाश गर्न र पाठेघर सबल पार्न ज्वानोको प्रयोग फाइदा जनक छ । ज्वानोको बढी प्रयोग गर्दा हानी देखिएमा धनियाँको प्रयोग गर्नुपर्ने कुरा आयुर्वेदले मानेको छ ।

पेट दुखेमा ज्वानो पानी पकाएर थोरै नून मिसाई खान दिँदा पेट दुखेको कम हुन्छ । पेट फुलेमा भुटेको ज्वानो एक चम्चा र थोरै बीरेनून मिसाई पिस्ने र त्यो पाउडरलाई एकडेढ चम्चा तातो पानीसँग खाने गर्दा पेट फूल्ने ठिक हुन्छ । महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउने गर्दा सुधार हुन्छ । ज्वानोको प्रयोग झोल बनाउँन, तरकारी एवम् भात, रोटी वा अन्य खानेकुरा आदि पनि गर्न सकिन्छ ।

पुदिना

पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ । चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ ।

आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ ।

दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५÷६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ ।

पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १–२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ ।
पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ । दिनको १०÷१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २–३ पटक केही महिनासम्म खुवाउन सकिन्छ ।

कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ ।

सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ ।पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ ।

पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ ।पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ । घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ ।

अदुवा

आयुर्बेदिक चिकित्सा पद्धतिमा अदुवालाई महाऔषधीको नाम दिइएको छ । फिलिपिन्समा अदुवा चपायो भने दुष्टात्माहरु नष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ । अठारौं शताब्दीतिर युरोपमा अदुवाले यौनशक्ति बढाउछ भनेर विश्वास गरिन्थ्यो । यसको प्रयोगले गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउने र तागत दिने हुनाले यसमा यौनशक्ति बढाउने क्षमता पनि रहेको हुन्छ भन्ने ठानिन्छ ।

अदुवामा पनि एक प्रकारको गन्धरहित तेल हुन्छ । त्यसैले अदुवा चपाएर राख्दा पनि मुखबाट कुनै गन्ध आउदैन । अदुवालाई ताजा र सुकाएर प्रयोग गर्न सकिन्छ । सुकाएको अदुवालाई सुठो भनिन्छ । जाडोमा अदुवाको का“ढा बनाएर खाने चलन छ । रुघाखोकी, घाटी दुख्दाको बेलामा अदुवाको टुक्रालाई सफा गरेर पोलेर मुखमा राखिराख्दा घाटीबाट हुने दुखाइ धेरै नै कम हुन्छ । गर्भावस्थाको सुरुसुरुको एक टुक्रा अदुवा मुखमा हालेर रस निलिरह“दा वाकवाकी हुने समस्या धेरै कम हुन्छ ।

अपच भएको बेलामा अदुवाको ससाना टुक्रालाई बिरेनूनसंग मिसाएर खानाले अपचको समस्या कम हुन्छ । अदुवाभित्रका केही तत्वहरुले कोलेस्टेरोल नामको बोसो घटाउन मद्दत गर्छन् र मुटुको रोगबाट बचाउ“छन् । विदेशतिर जिन्जरओला भनेर अदुवाबाट निकालिएको रस बेचिन्छ ।

हींग

हींगलाई भगवानको खाना भनिन्छ । यसले खानाको स्वाद र सुगन्ध बढाउने मात्र नभई बिभिन्न रोगबाट पनि बचाउछ । यसले पाचनक्रिया मजबुत बनाउछ । श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउछ । रोघाखोकी लाग्नबाट बचाउछ । तातो पानीमा राखेर हिंग खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ । पेट दुख्दा तातो पानीसंग हींग खाँदा दुखाई कम हुन्छ । दाँत दुखेमा हींग खाँदा राहत मिल्छ । दुखाई भएको ठाउमा हींगको लेप लगाउदा दुखाई कम हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउछ । दाद, लुतो भएको ठाउमा हिंगको लेप लगाउदा औषधिको काम गर्छ । कब्जियत भएमा तातो पानी र हिंग खाँदा फाइदा हुन्छ ।

गोलभेंडा

नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्य पदार्थ हो, गोलभेंडा । पाकेको गोलभेंडा हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ ।

गोलभेंडाको इतिहास निकै पुरानो छ । गोलभेंडा गुलियो, अमिलो, पाचक, शक्तिबद्र्धक र रुचिबद्र्धक हुनुका साथै यसले अतिसार, पेट र मोटोपना रोक्ने औषधिको पनि काम गर्छ । यसमा लौह तत्वको मात्र दूधभन्दा दुई गुणा र अंगुर, मौसम, तरबुजा तथा खरबुजाको तुलनामा बढी पाइन्छ । गोलभेंडामा क्याल्सियम, चुना, गन्धक, साइट्रिक एसिडलगायतका तत्व पाइन्छ । गोलभेंडा भिटामिनको भण्डार हुन्छ । गोलभेंडा सेवन गर्दा कब्जियतको समस्या समाधान हुन्छ, रक्त विकारबाट मुक्ति मिल्छ, सुख्खा, एक्जिमाजस्ता रोगमा रामबाण मानिन्छ ।

गोलभेंडा खाने मानिसमा मधुमेह, रुघा, दाँतको समस्या, रक्तस्रावजस्ता रोग लाग्दैन । साथै नेत्र रोगको समस्या पनि हुँदैन ।त्यसो त गोलभेंडा खानाले गम्भीर रोग पनि लाग्छ, जसमा क्यान्सर, पत्थरी, जोर्नी दुख्ने रोग, टाउको दुखाई, कमर दुखाइ पर्छ । यसकारण सन्तुलित मात्रामा नियमित गोलभेंडाको सेवन स्वास्थ्यबद्र्धक हुन्छ भने बढी सेवन कष्टकारक पनि बन्न सक्छ ।

आइतबार, चैत २४, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.