• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पुदिनाको सेवनबाट फाइदै फाइदा

हाम्रो गाउँघरमा पुदिनालाई पतेना पनि भन्ने गरिन्छ । यसको अचार कसैलाई औधी मन पर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको बनस्पति हो अहिले पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् पुदिनाको फाईदाहरुः

पेट दुखाइबाट आरामः

पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ ।

मुख गन्हाउने समस्याबाट मुक्तिः मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरु लाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ । गिजालाई पनी यो विधिले बलियो पार्दछ ।

मुहारमा आउने डण्डिफोर र खिलबाट छुटकाराः

पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई सफा गर्नु पर्दछ । एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर र डण्डिफोर बाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ ।

रुघा ज्वरो र खोकीबाट छुटकाराः

जाडो महिनामा ज्वरो र रुघा लागेमा अदुवाको रस सँग पुदिनाको पात थिचेर प्रयोग गर्नाले रोगलाई पूर्णरुपमा निको पार्न सहयोग गर्दछ । करिब एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ । पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ ।

रुघा लम्बिएमाः

रुघा लागेर निकै समयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वालमा राखेको खण्डमा यसले पूरै निको पार्दछ ।

दादबाट छुटकाराः

शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।

बिष मार्नः

बिच्छी वा सर्पले टोकेको ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्‍याउछ ।

पुदिनाको अचार सबैलाई मन पर्छ । अझ यो गर्मी मौसममा खानाको स्वाद बढाउन पुदिनाको उपयोग धेरैले गर्छन् । तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ ।

पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ । पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् । पुदिनाका गुण निम्न छन्

अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको छ भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् । त्यसपछि चिसो पानीले पखाल्नुहोस् । केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन् ।

निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या छ – यदि त्यसो हो भनि पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् । सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् । एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक छ ।

ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ । अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् । पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ ।

प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ । सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् ।

पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दुर्गन्ध हट्छ । खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ ।

झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको समान मात्रा मिलाएर खाँदा फाइदा हुन्छ । न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।

आइतबार, चैत २४, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.