धनगढी, १२ असार/कैलालीमा आईतबार भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार कैलालीस्थित कान्द्रा नदी बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
नदीतटीय र होचा डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।